माण्डवी अनलाइन, प्युठान ।
प्यूठानको माण्डवी गाउँपालिका–१ सिमलचौरमा हिजो दिउँसो भएको आगलागीमा परी एक वृद्ध घाइते हुनुभएको छ भने पाँचवटा चौपाया जलेका छन्। स्थानीय ६५ वर्षीय गिर बहादुर खत्रीको घर नजिकै रहेको मलखातबाट अपराह्न ३:३० बजे अचानक सल्किएको आगो गोठ र परालको कुनिउमा फैलिएको थियो।
आगो निभाउने क्रममा घरधनी खत्रीको दुवै हात, ढाड र घाँटी जलेर घाइते भएपछि उहाँलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको छ। उहाँको अवस्था मध्यम रहेको बताइएको छ। आगलागीबाट गोठमा बाँधिएका २ वटा भैँसी, २ वटा गोरु र १ वटा पाडी जलेर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय बिजुवार र प्रहरी चौकी देवीस्थानबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।
प्रतिक्रिया