logo

  • ७ चैत्र २०८२, शनिबार | Sat, 21 Mar 2026

  •      Listen Radio Live

    नेपालको खुसी खस्कियो, दक्षिण एशियामा भने नेपाल सबैभन्दा खुसी देश

    नेपालको खुसी खस्कियो, दक्षिण एशियामा भने नेपाल सबैभन्दा खुसी देश

    विश्व खुसी प्रतिवेदन २०२६ अनुसार नेपाल अघिल्लो वर्षको तुलनामा सात स्थान तल झरेको छ । संयुक्त राष्ट्रसंघमा आबद्ध सस्टेनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अध्ययन गरिएका १ सय ४७ देशमध्ये नेपाल ९९औँ स्थानमा रहेको छ ।

    गएको वर्ष नेपाल यही सूचीको ९२औं र सन् २०२४ मा ९३औँ स्थानमा रहेको थियो । दक्षिण एशियाली देशहरूमा भने नेपाल अग्रस्थानमा छ । नेपाल पछि पाकिस्तान १०४औँ, भारत ११६औँ, बङ्कलादेश १२७औँ, श्रीलङ्का १३४औँ स्थान र अफगानिस्तान भने १४७औँ स्थानमा छन् ।

    फिनल्याण्ड यसपालीसहित लगातार नौ पटक विश्वकै सबैभन्दा खुसी देश बनेको छ । यस वर्ष आइसल्यान्ड दोस्रो र डेनमार्क तेस्रो स्थानमा छन् । यी देशहरूमा उच्च सामाजिक सुरक्षा, व्यक्तिगत स्वतन्त्रता, कम भ्रष्टाचार र आर्थिक स्थिरतालाई खुसीको मुख्य आधार मानिएको छ ।

    सूचीको सबैभन्दा तल अफगानिस्तान र त्यसपछि जिम्बाब्वे र कङ्गो रहेका छन् । यस वर्षको प्रतिवेदनमा सामाजिक सञ्जालको प्रयोग र खुसीबीचको सम्बन्धलाई विशेष महत्व दिइएको छ ।

    अध्ययनले दैनिक एक घण्टासम्मको सामाजिक सञ्जाल प्रयोग तुलनात्मक रूपमा कम हानिकारक रहेको देखाएको छ । तर अहिले विश्वभर औसत दैनिक प्रयोग झन्डै अढाई घण्टा पुगिसकेको छ, जुन हानिकारक मानिने सीमाभन्दा निकै माथि हो ।

    प्रतिवेदनले विशेषगरी किशोरकिशोरीहरूमा अत्यधिक सामाजिक सञ्जाल प्रयोगसँगै खुसी घट्दै गएको गम्भीर चेतावनी दिएको छ ।



    mandavionline mandavionline    
  • ७ चैत्र २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP