माण्डवी अनलाइन,प्युठान ।
उधोग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले प्युठानका बिभिन्न स्थानिय उधोगहरुको उत्पादन र बजार अवस्थाबारेस्थलगत अनुगमन गरेको छ ।
मल्लरानी–४ स्थित लक्ष्मी पाउरोटी उधोग,बजरंगी दालमोट उधोग,नमन भुजा चटपटे उधोग र कोठी हिमाली अल्लो कपडा उधोगको निरीक्षण गर्दै टोलिले उत्पादन क्षमता, त्यसको उत्पादन मिति र उपभोग्य मितिको गुणस्तरबारे जानकारी लिएको हो । अनुगमनका क्रममा उधोगीहरुले कच्चा पदार्थको सहज उपलब्धता र बजार व्यवस्थापनमा सरकारी सहयोग आबश्यक रहेको बताएका छन । केकमा प्रयोग हुने क्रिम बाहिरबाट आयात गर्नुपर्ने जसले उत्पादन लागत बढाउनुको साथै उधोगमा समस्या परिरहेको स्थानीय व्यबसायी राजु गुरुङ्गको गु्नासा गर्नुभएको छ। त्यस्तै अल्लोको धागो निकाल्ने प्रकिया पनि झन्झटीलो साथै धेरै दुख हुने हुदा लागत महँगो पर्ने गरेको कोठि हिमाली अल्लो कपडा उद्योगकि संचालिका चित्रकली बुढामगरको गुनासो रहेको छ ।
अनुगमन टोलीले सबै उधोगीहरुलाई स्वास्थ्य, सरसफाई र गुणस्तरमा बिशेष ध्यान दिन निर्देशन दिएको छ । स्वदेशी उत्पादनको प्रयोग बढाउदा रोजगारी सिर्जना हुने र आयात घट्ने भन्दै उधोगीहरुलाई गुणस्तर सुधार र उपभोक्ताको स्वास्थ्यमा ध्यान दिनुपर्ने जोड दिइएको छ । स्थानिय उत्पादनलाई प्रबद्र्धन गरी आयात प्रतिस्थापन गर्न यस्ता उधोगको भुमिका महत्वपुर्ण रहने टोलीको निष्र्कष छ ।
नौ बहीनी गापा ६ बहाने प्युठानबाट कार्यक्षेत्र बिस्तार गरी प्युठान नपा १० मा सञ्चालित अल्लो कपडा उधोगले स्थानीय महिलाहरुलाई रोजगारी दिदै आएपनि पछिल्लो समय बजार मूल्यका कारण बिक्रिमा केही कमी आएकोे छ । अनुगमन टोलीले उधोगीहरुलाई स्वास्थ्य, सरसफाई र गुणस्तरमा बिशेष ध्यान दिन निर्देशन दिएको छ । स्वदेशी उत्पादनको प्रयोग बढाउदा रोजगारी सिर्जना हुने र आयात घट्ने भन्दै उधोगीहरुलाई गुणस्तर सुधार र उपभोक्ताको स्वास्थ्यमा ध्यान दिनुपर्ने जोड दिइएको छ । स्थानिय उत्पादनलाई प्रबद्र्धन गरी आयात प्रतिस्थापन गर्न यस्ता उधोगको भुमिका महत्वपुर्ण रहने टोलीको निष्र्कष रहेको छ ।
प्रतिक्रिया