logo

  • ४ आश्विन २०८३, आईतवार | Sun, 20 Sep 2026

  •      Listen Radio Live

    काँग्रेस प्यूठानको अगुवा कार्यक्रता भेटघाट कार्यक्रम ७ पालिकामा सम्पन्न

    काँग्रेस प्यूठानको अगुवा कार्यक्रता भेटघाट कार्यक्रम ७ पालिकामा सम्पन्न

    आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस प्यूठानले जिल्लाका विभिन्न स्थानीय तहमा संगठनात्मक गतिविधि तीव्र बनाएको छ । ६ गते मनोनयन दर्तासंगै काग्रेसले अगुवा कार्यक्रता भेला र पालिकास्तरिय कार्यक्रमलाई तिब्र पारेको हो ।
    ९ गतेबाट कार्यक्रता भेटघाटमा औपचारिक रुपमा होमिएको काग्रेसले आजसम्म ७ वटा पालिकामा अगुवा कार्यक्रता कार्यक्रम सम्पन्न गरेको जनाएको छ । नेपाली काग्रेसका प्रतिनिधी शभा सदश्य उमेदवार डाक्टर गोबिन्दराज पोख्रेलका अनुसार हालसम्म प्यूठान नगरपालिका, स्वर्गद्धारी नगरपालिका, सरुमारानी गाउँपालिका, ऐरावती गाउँपालिका, मल्लरानी गाउँपालिका, माण्डवी गाउँपालिकार नौबहिनी गाउँपालिकामा अगुवा कार्यक्रता भेटकाट कार्यक्रम सम्पन्न गरेको छ ।
    नेपाली काग्रेस प्यूठानका सभापती बिष्णुकुमार गिरीका अनुसार जिल्लाभर १५ गते गौमुखी र १६ गते झिमरुक गाउँपालिकामा अगुवा कार्यक्रता भेटघाटल कार्यक्रमको तय गरिएको छ । १६ गते झिमरुक गाउँपालिकासंगै जिल्लाका ६४ वटै वडामा एकैसाथ कार्यक्रमको तय गरिएको र सोही दिनदेखी गाउँ अभियान सुरु हुने काग्रेस सभापती तथा निर्वाचन परिचालन समितीका संयोजक समेत रहनुभएका बिष्णुकुमार गिरीले जानकारी दिनुभयो ।
    काग्रेस मतदाताको घरघरमा पुग्नेगरी कार्यक्रम तय गरिएको बताउदै सभापती गिरीले राष्ट्रिय स्तरमा लामो समय काम गरेको अनुभवी र दक्ष ब्यक्ति काग्रेसबाट उमेदवार भएकाले पनि मतदातामा काग्रेस प्रतिको उत्साह बढेको बताउनु भयो ।



    mandavionline mandavionline    
  • १५ माघ २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP