आसन्न फागुन २१ मा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागी प्यूठानमा १४ जनाले उमेदवारी दिएका छन् । बिहान १० बजेदेखी सुरु भएको मनोनयन दर्ताको समय ५ बजे सकिदासम्म जिल्लामा १४ जनाको उमेदवारी परेको हो ।
मुख्य निर्वाचन अधिकृत हिरण्य प्रसाद भण्डारीका अनुसार नेपाली काग्रेस, नेकपा एमाले, नेपाली कम्यूनिष्ट पार्टी, रास्वपा लगाएतका १४ राजनैतिक दलका तर्फबाट उमेदवारी परेको छ ।
नेपाली काग्रेसका तर्फबाट डाक्टर गोविन्दराज पोख्रेलको उमेदवारी परेको छ । पोख्रेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । पोख्रेल नेपाली काग्रेसका पुर्व केन्द्रिय सदश्य तथा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष समेत हुन् ।
पोख्रेल २०७४ सालको प्रतिनिधी शभा निर्वाचनमा जनमोर्चाकी उमेदवार दुर्गा पौडेलसंग पराजित भएका थिए ।
नेकपा एमालेका तर्फबाट केन्द्रिय सदश्य तथा बिघटित प्रतिनिधी शभाका सदश्य सुर्य थापाm् नेकपा एमालेका तर्फबाट उमेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अघिकृतको कार्यालयमा पुगेर थापाले उमेदवारी दर्ता गराएका हुन् । थापाले २०७९ को निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उमेदवार दुर्गा पौडेललाई पराजित गरेका थिए ।
यस्तै राष्ट्रिय जनमोर्चाका तर्फबाट आगामी फागुन २१ मा हुने प्रतिनिधी शभा सदश्य निर्वाचनका लागी तिलक बहादुर जिसीले उमेदवारी दर्ता गराएका छन् । झिमरुक गाउँपालिकाका संस्थापक अध्यक्ष समेत रहेका जिसी नेकपा मसालका लुम्विनी प्रदेश प्रबक्ता समेत हुन् ।
नेपाली कम्यूनिष्ट पार्टिका तर्फबाट लुम्वीनी प्रदेश शभाका पुर्व सदश्य कृष्णध्वज खडकाको उमेदवारी परेको छ । लुम्वीनी प्रदेशका पुर्व अर्थमन्त्री समेत रहेका खडकाले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेदवारी दर्ता गराएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टिका तर्फबाट सुसान्त बैदिक, नेकपा माओबादीका तर्फबाट सिता बिक, श्रम संस्कृती पार्टिका तर्फबाट गोविन्द गिरी, नेपाली जनता दलका बिमल पोख्रेल, राष्ट्रिय प्रजातन्त्र पार्टिका धनेश्वर पण्डित, प्रगतिशिल लोकतान्त्रिक पार्टिका तर्फबाट श्याम गहतराज, नेकपा संयुक्तका तर्फबाट नविन कक्षपती, नेसनल रिपब्लीक नेपालका तर्फबाट तारासिंह थापामगर, मंगोल नेसनल अर्गनाईजेसनबाट हर्क बहादुर पुन र आम जनता पार्टि का तर्फबाट रामे बहादुर थापामगरको उमेदवारी परेको हो ।
प्रतिक्रिया