logo

  • १७ पुष २०८२, बिहीबार | Thu, 01 Jan 2026

  •      Listen Radio Live

    चेरनेटा, बरौला सडकखण्डमा टिप्पर सञ्चालनमा रोक

    चेरनेटा, बरौला सडकखण्डमा टिप्पर सञ्चालनमा रोक

    ऐरावती गाउँपालिकाले चेरनेटा बरौला सडकखण्डमा दिउसोको समयमा टिपर सञ्चालनमा रोक लगाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सरद गौतमका अनुसार बिहान ८ बजेदेखी साझ ५ बजेसम्म चेरनेटा बरौला सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाइएको हो ।
    मसिंर २३ गतेको निर्णय अनुसार गाउँपालिकाको उक्त खण्डमा पुष १७ गतेदेखी लागुहुने गरी दिउसोको समयमा टिपर सञ्चालनमा रोक लगाइएको हो । अब बेलुका ५ बजेदेखी बिहान ८ बजेसम्म मात्रै उक्त सडकमा टिपर सञ्चालन गर्न पाइने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतमले बताउनु भयो ।
    गाउँपालिका भित्र हुने बिकास निर्माणका काममा भने निर्माण ब्यवसायीले गाउँपालिकाबाट टिपर सञ्चालनको सिफारिस लिएर सञ्चालन गर्न पाउनेछन् । तोकिएको समयको उलंघन गरी बिना पास टिपर सञ्चालन गरेमा कार्वाहि गरिने गाउँपालिकाले जनाएको छ ।



    mandavionline mandavionline    
  • १७ पुष २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP