logo

  • ७ पुष २०८२, सोमबार | Mon, 22 Dec 2025

  •      Listen Radio Live

    नेपाल चलाउने रिमोट सातसमुन्द्र पारी छ ः उपाध्यक्ष पौडेल

    नेपाल चलाउने रिमोट सातसमुन्द्र पारी छ ः उपाध्यक्ष पौडेल

    राष्ट्रिय जनमोर्चा प्यूठानको आयोजनामा प्यूठानमा आज जागरण शभा सम्पन्न भएको छ। बिजुवारमा भएको जागरण शभालाई राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले सम्बोधन गर्नुभएको थियो । शभालाई सम्बोधन गर्दै पौडेलले अहिले देश गम्भिर संकटबाट गुर्जिरहेको बताउदै त्यसबाट देशलाई मुक्त गर्न जनता जाग्नुपर्ने बताउनु भयो । बिदेशी शक्तिहरुको चलखेल देशमा भैरहेको बताउदै उहाले अमेरिका, भारत लगाएतका देशहरुले नेपाललाई खेलौनाजसरी प्रयोग गरिरहेको आरोप लगाउनु भयो । समुन्द्र र सिमापार देशको रिमोट रहेको बताउदै उपाध्यक्ष पौडेलले त्यहिबाटै चलाउने काम भैरहेको र नेपाल बिदेशको चलखेलमा फसिसकेको बताउनु भयो ।
    भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा समेत बिदेशीको चलखेल भएको उल्लेख गर्दै पौडेलले देशका ऐतिहासिक दस्ताबेज नष्ट गर्न अदालत, सिंहदरवार जस्ता महत्वपुर्ण स्थानहरुमा आगो लगाउने काम भएको पनि दावी गर्नुभयो । नेपाली युवाहरुको आन्दोलनमा बिदेशी चलखेल भएको भन्दै उहाले नेपालीले अदालत, सिंहदरवार जस्ता ऐतिहासिक स्थानमा आगो नलगाएको र ति आगो लगाउने काम बिदेशीसक्तिको चलखेलमा भएको बताउनु भयो ।


    यस्तै राष्ट्रिय जनमोर्चा लुम्वीनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रिले राष्ट्रिय स्वतन्त्र पार्टि रास्वपा अमेरीकी सिआइ ए मार्फत सञ्चालित पार्टि भएको आरोप लगाउनु भयको छ । अमेरीकी डलर खाएर स्वतन्त्र पार्टि गाउँगाउँमा पुगेको दावी गनुहुदै अध्यक्ष खत्रिले दोहोरो नागरिकता, सहकारीको बचत रकम अपचलन लगाएत मुद्धामा पार्टि सभापती लामिछाने दोसि हुदाहुदैपनि पार्टिले सिनो बोकेजसरी काधमा बोकेर हिडेको बताउनु भयो ।
    इतिहासमा नेपालले कुनै राष्ट्रको गुलामी गर्नु नपरेकोले भन्दै नेकपा (मसाल)का लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसीले राष्ट्रियता बारे सबै गम्भिर हुनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय जनमोर्चा प्यूठानका अध्यक्ष ज्ञामुराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा लुम्वीनी प्रदेश शभा सदश्य तारा थापा, अखिल छैठौका केन्द्रिय अध्यक्ष सुवास जिसी लगाएतले मन्तब्य राख्नुभएको थियो ।



    mandavionline mandavionline    
  • ७ पुष २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP