logo

  • १८ माघ २०८२, शनिबार | Sat, 31 Jan 2026

  •      Listen Radio Live

    पर्यटन प्रवर्द्धन र स्थानीयको भूमिका

    पर्यटन प्रवर्द्धन र स्थानीयको भूमिका

    श्रीराम भण्डारी

    नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रले बहुआयामिक र दिगो योगदान पुर्याएको छ। रोजगारी, राजस्व, स्थानीय विकासदेखि अन्तर्राष्ट्रिय पहिचानसम्म यसले पु¥याएको प्रभाव ठूलो छ। आगामी दिनमा पूर्वाधार, प्रवद्र्धन, सुरक्षालाई प्राथमिकता दिई पर्यटन क्षेत्रलाई अझ मजबुत बनाउने हो भने नेपालको अर्थतन्त्रमा यसले अझ ठूलो योगदान पुर्याउन सक्छ ।

    नेपालमा धेरै पर्यटकिय गन्तव्य रहेका छन । त्यस्तै प्युठान जिल्लामा पनि पर्यटकिय तथा धार्मिक हिसाबले धेरै महत्त्वपूर्ण गन्तव्य रहेका छन । जिल्लामा रहेका पर्यटकिय क्षत्रको ब्रण्डिङ गरि समग्र जिल्लाको बिकास गर्नुका साथै आयआर्जन, गरिविनिवारण, भौतिक पुर्बाधार बिकास, सामाजिक परिवर्तन गर्न सकिन्छ । जिल्लामा रहेको स्वर्गद्वारीमा दिनानुदिन आन्तरिक तथा बाह्य पर्यटक थपिने दर बढेर गएको छ ।

    प्युठानमा स्वर्गद्वारी, गौमुखी, ऐरावति, भित्रिकोट, बिजुलिकोट, तुषारा, दिहाल्ना, झुलेनी, मल्लरानी, , झाक्रिस्थान, नौबहिनी क्षेत्र, माक्रे मन्दिर, कोठिभिर, लुङ, लुप्लुङ्ग जस्ता महत्वपूर्ण ठाउँछन । यो सङ्गै स्थानिय सरकारले तयार गरेका विभिन्न पार्क, मठमन्दिर, पदमार्ग जस्ता आकर्षक, गन्तब्यहरुको बिकास भएको छ । मानव जिवनमा अहिले विभिन्न किसिमका मानसिक तथा शारीरिक समस्याहरु देखा पर्न थालेका छन । कोमको चापले बढेको तनाव, शारिरिक तथा मानसिक थकान, लगाएत बिभिन्न कुण्ठाबाट मुक्ति प्राप्तिका लागि पदयात्रा, तथा नया ठाँउको भ्रमणले केही सहजता ल्याउने देखिन्छ । त्यसैले अहिले आममानिस घुम्ने नयाँ ठाउको अबलोकन गर्ने गर्छन । यसबाट सम्बन्धि स्थानको आर्थिक बिकास हुन सक्छ । यसका लागी हामिले केही सुधार गर्नुपर्ने देखिन्छ ।
    पर्यटन क्षेत्र कुनै पनि देश वा समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण भूमिका खेल्दछ। पर्यटन प्रवद्र्धनमा स्थानीय बासिन्दाको भूमिका झनै विशेष हुन्छ, किनभने उनीहरू नै क्षेत्रको पहिचान, संस्कृति, पर्यावरण, आतिथ्य तथा सेवा प्रवाहका आधारशिला हुन्। पर्यटन बिकासका लागि स्थानीय स्थरमा सफा खानपान उचित बासस्थान, मनोरम वातावरण तयार गर्नु मुख्य जिम्मेवारी हो । जिल्लामा आउने पर्यटकका लागि सुबिधा सम्पन्न होटल, रमाइलो होमस्टे, स्थानिय परम्परा, संस्कृति झल्कने झाकि तथा भजनकृतन पर्दशनी, स्थानिय उत्पादित खानेकुराको ब्यबस्थापन गर्नुपर्छ । जिल्लामा पछिल्लो समय बिकास भएका केही गन्तव्यहरुमा भौतिक बिकास भए सङ्गै आन्तरिक पर्यटक आउने सङ्ख्या बढेको थियो तर थप आकर्षण बिकास नगर्नु, दोहोरिएर उक्त स्थानमा जाने वातावरणको शृजनागर्न नसक्नु, ग्रामिण स्तरमा रहेका स्थानमा उचित खानपान, बासको कमजोर ब्यबस्थापन तथा सुरक्षा ब्यवस्थापन जस्ता कारणले गर्दा फेरि फर्कने अबस्था नरहेको देखिन्छ । त्यस कारण हामी निम्न बिषयमा ध्यान दिन जरुरी छ ।

    १. सांस्कृतिक पहिचानको संरक्षण र प्रस्तुति

    स्थानीय जात्रा, पर्व, भाषा, नृत्य, गीत, पोशाक, रहनसहन आदि पर्यटन आकर्षणको मूल आधार हुन्छन्। पर्यटकलाई आफ्ना मौलिक संस्कार देखाउने काम स्थानीयले गर्न सक्छन्, जसले गर्दा उनीहरूको अनुभव अझ रोचक हुन्छ।

    २. स्वदेशी उत्पादन र सेवाको प्रवर्द्धन

    स्थानीय हस्तकला, कृषि उपज, जडीबुटी, घरेलु सामग्री आदि बेचेर आम्दानी बढाउनुका साथै पर्यटकलाई मौलिक स्वाद र सामग्री प्रदान गर्न सकिन्छ। होमस्टे, गाइड सेवा, यातायात, स्थानीय खाना आदि सेवा स्थानीयले नै सञ्चालन गर्न सक्छन्।

    ३. सफा, हरित र स्वागतयोग्य वातावरणको निर्माण

    सरसफाइ, हरियाली, फोहोर व्यवस्थापन र पर्यावरण संरक्षणमा सक्रिय सहभागी भई पर्यटकका लागि आकर्षक वातावरण तयार गर्न सकिन्छ। पर्यटन क्षेत्र वरपरको शान्ति, सुरक्षालाई कायम राख्न स्थानीयको सहकार्य आवश्यक हुन्छ।

    ४. पूर्वाधार विकासमा सहभागिता

    बाटो, खानेपानी, सूचना बोर्ड, विश्रामस्थल आदि निर्माण तथा संरक्षणमा स्थानीयले सहयोग गर्न सक्छन्। पर्यटन विकास योजनामा स्थानीय जनताको सल्लाह र सुझावले दीर्घकालीन प्रभाव पार्छ।

    ५.  पर्यटकसँग सद्भाव र मैत्रीपूर्ण व्यवहार

    स्थानीयको मैत्रीपुर्ण व्यवहारले पर्यटकलाई स्वागत गरिएको महसुस गराउँछ, जसले गर्दा पुनः भ्रमणको सम्भावना बढ्छ। गलत जानकारी नदिने, पर्यटकको सुरक्षा सुनिश्चित गर्ने, मार्गदर्शन गर्ने काम स्थानीयले प्रभावकारी ढंगले गर्न सक्छन्।

    ६. स्थानीय नेतृत्व र संस्थागत विकास

    स्थानीय युवाहरु र समुदायले पर्यटन क्लब, समिति, सहकारी आदि गठन गरेर सहकार्यमा पर्यटन प्रवर्द्धन गर्न सक्छन्। स्थानको पहिचान बनाउने ब्रान्डिङ, प्रचारप्रसारमा सक्रिय भूमिका खेल्न सक्छन्। तसर्थ पर्यटन प्रवर्द्धनमा स्थानीयको सक्रियता बिना सफल र दिगो विकास सम्भव हुँदैन। स्थानीय समुदायले आफ्नो ठाउँप्रति गर्व गर्दै, त्यसलाई संरक्षण र प्रचार गर्न सकेमा पर्यटनबाट दीर्घकालीन फाइदा लिन सकिन्छ।



    mandavionline mandavionline    
  • २१ श्रावण २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP