झिमरुक गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पहिलो पटक वडा कार्यालय जान लाग्नुभएको छ । घरबाटै वडा कार्यालयको सेवा दिँदै आउनु भएका झिमरुक गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष तुलस बहादुर बस्नेतले आइतबारदेखि वडा कार्यालय गएर सेवा दिन सहमत भएको झिमरुक गाउँपालिकाका प्रशासकिय अधिकृत बिकास केसीले जानकारी दिनुभयो ।
‘वडाध्यक्ष कार्यालयमा उपस्थित हुनुपर्ने’ माग गर्दै बिहीबार त्यहाँका युवासमुहले बिरोध जनाएका थिए । वडा अध्यक्ष वडा कार्यालय आउनुपर्ने माग गर्दै गाउँपालिकामा समेत निबेदन दिएका स्थानियले ८ नं. वडा प्रवेशद्वारमा सडक अवरोध गरेर बिरोध जनाएका थिए ।
स्थानियको चर्काे बिरोध र शुक्रबार भएको वार्तापछि वडा अध्यक्षले वडा कार्यालयमै पुगेर सेवा दिन समहत भएको झिमरुक गाउँपालिकाका प्रशासकिय अधिकृत केसीले बताउनु भयो । स्थानीय र पालिका बीच भएको सहमति अनुसार वडाध्यक्षले तोकिएकै वडा कार्यालयबाट सेवा प्रदान गर्ने सहमति भएको छ। सातामा तिन÷तिन दिन दुइ स्थानबाट सेवा दिने सहमती भएको प्रशासकिय अधिकृत केसीले बताउनु भयो । आइतबार, सोमबार र मंगलबार फूलबारीबाट र बाँकी तीन दिन टिमुरचौरको पाएक पर्ने स्थानबाट सेवा उपलब्ध हुने् सहमती भएको छ ।
वडाको केन्द्र पाएकमा नभएकाले सबैलाई पाएक पर्ने स्थान टिमुरचौरबाटै सेवा दिने गरिएको वडा अध्यक्ष तुलस बहादुर बस्नेतले बताउनु भएको छ । वडाको केन्द्र रातामाटामै तोकिएको थियो, तर उक्त स्थान सबैको पाएकमा छैन्, त्यसैले गाउँबाटै सेवा दिदै आएका थियौं । वडा कार्यालयमा कर्मचारी बसेर सेवा दिने गरेको र वडा अध्यक्ष बस्नेतले घरबाटै सेवा दिने गर्नुभएको थियो ।
वडा समितिको पहलमा फूलबारी रातामाटामै वडा कार्यालय भवन निर्माण गर्नेपनि सहमति भएको छ । आइतबारदेखि फूलबारीमा सडकको छेउमै कार्यालय स्थापना गरी सेवा सुरु गर्ने जानकारी वडा अध्यक्ष बस्नेतले गराए । टिमुरचौरमा कहाँबाट सेवा दिने भन्ने अझै स्थानको टुंगो लागिनसकेको जानकारी दिनुभयो ।
झिमरुक गाउँपालिकाको गाउँकार्यपालिकामा मतदान गर्दै ८ वर्ष पहिले फूलबारी केन्द्र निर्धारण गरेको थियो । भाडाको घरबाट सञ्चालन भइरहेको हालको वडा कार्यालय समेत अपाएकामा रहेको जनप्रतिनिधिले बताउदै आएका छन् । बस्तीको बीचमा नभएकाले हालको स्थानबाट वडा कार्यालयलाई बस्तीको बीचमा ल्याउने सहमति भएको जनप्रतिनिधिले बताएका छन् । वडा अध्यक्ष बस्नेत दोश्रो पटक वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
प्रतिक्रिया