logo

  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025

  •      Listen Radio Live

    भिंग्रीमा उपभोक्ता हित संरक्षण निर्देशनालयको अनुगमन, ८५ हजार बढिको म्याद गुज्रिएका अखाद्य बस्तु नष्ट

    भिंग्रीमा उपभोक्ता हित संरक्षण निर्देशनालयको अनुगमन, ८५ हजार बढिको म्याद गुज्रिएका अखाद्य बस्तु नष्ट

    प्यूठान । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रुपन्देही भैरहवाले आज (बुधवार) भिंगीमा बजार अनुगमन गरेको छ । निर्देशनालयका निमित्त निर्देशक इश्वरचन्द्र आर्यालको नेतृत्वमा गरिएको बजार अनुगमनले ८५ हजार ३२५ रुपैया बरावरको म्याद गुज्रिएका खाद्य तथा अखाद्य सामाग्री बरामद गरेको छ । उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, भैरहवा, स्वर्गद्धारी नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय प्यूठान, जिल्ला प्रशासन कार्यालय, ईलाका प्रहरी कार्यालय भिंग्री, प्यूठान उद्योग वाणिज्य संघ र पत्रकार सहितको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।

    अनुगमन टोलीले भिंग्री बजारका किराना तथा खाद्यान्न पसल, हार्डवेयर पसल, होटल लगाएतका २७ वटा पसलको अनुगमन गरेको थियो । अनुगमन टोलीले अनुगमनको क्रममा फेला परेका ८५ हजार ३२५ बराबरको म्याद गुज्रिएका सामान जफत गरि नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका निमित्त प्रमुख मनिबहादुर गुरुङले जानकारी दिनुभयो ।

    टोलीले खाद्य तथा अखाद्य वस्तुको म्याद, भए नभएको, होटल तथा मिठाई पसलमा व्यवसाय दर्ता सम्बन्धित निकायमा गरे नगरेको, अन्तःशुल्क तिरे नतिरेको अनुगमन गरेको थियो । अनुगमनका क्रममा मूल्य सूची नराखेको, व्यवसायको पूँजी वृद्धि नगरेको, व्यवसाय दर्ता, नवीकरण तथा सूचीकृत नगरेको, म्याद नाघेका पेन्ट, खाद्यवस्तु, पेयपदार्थ, लगायतको सामाग्री भेटिएको उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाका निमित्त निर्देशक ईश्वरचन्द्र अर्यालले जानकारी दिनुभयो । अनुगमनका क्रममा भेटिएका म्याद नाघेका खाद्य तथा अखाद्य सामाग्री जफत गरेको निमित्त प्रमुख अर्यालले जानकारी दिनुभयो ।

    उपभोक्ता हितका लागि निर्देशनालयले निरन्तर बजार अनुगमन गर्दै आएको निमित्र निर्देश अर्यालको भनाइ छ । स्वच्छ र स्वास्थ्यकर सामान उपभोग गर्न पाउनु उपभोक्ताको अधिकारलाई सुनिश्चितताका लागि अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने नेपाल पत्रकार महासंघका अध्यक्ष सञ्जय रिजालले बताउनुभयो ।

    निर्देशनालयका वरिष्ठ शाखा अधिकृत नेत्रप्रसाद खनाल, घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख मनिबहादुर गुरुङ, जिल्ला प्रशासन कार्यालय प्यूठान, उद्योग वाणिज्य संघ, स्वर्गद्धारी नगरपालिकाका प्रतिनिधि, इलाका प्रहरी कार्यालय भिंग्रीका प्रतिनिधि र सञ्चारकर्मी लगायतको अनुगमनमा सहभागिता रहेको थियो ।

    प्यूठानका मासु तथा डेरि पसलमा पनि अनुगमन 

    जिल्लाका मासु, डेरी तथा माछा पसलहरुमा पनि अनुगमान गरिएको छ । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानको आयोजनामा बुधबार माण्डवी गाउँपालिका र प्यूठान नगरपालिकामा अनुगमन गरिएको हो । अनुगमनबाट ४ हजार बढिको म्याद नाघेका अखाद्य बस्तु बरामद गरिएको छ । माण्डवी गाउँपालिका ३ जस्पुर, चकचके, प्यूठान नगरपालिका २ क्वाडि, रातामाटा र प्युठान नगरपालिका ३ जुम्रीका मासु तथा डेरी पसलहरुमा गरिएको अनुगमनबाट ४ हजार १० रुपैंँया बराबरको म्याद नाघेका सामाग्री बरामद गरि नष्ट गरेको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानका पशु विकास अधिकृत तथा सुचना अधिकारी डाक्टर गणेश पुनले जानकारी दिनुभयो । बिभिन्न ७ वटा मासु पसल र २ वटा डेरी पसलहरुमा अनुगमन गर्दा म्याद नाघेका आईसक्रिम, कुल्फि, पेय पदार्थ कोक, सडेको ३ केजी ४ सय ६८ ग्राम मासु भेटिएको बताउनुभयो । सबै भन्दा बढि म्याद नाघेको आईसक्रिम नष्ट गरिएको डाक्टर पुनले बताउनुभयो ।

    अनुगमनको क्रममा केहि पसलहरु दर्ता बिना संञ्चालन भएको, साइन बोर्ड तथा मुल्य सुची नराखेको, ब्यवसाय इजाजत तथा दर्ता नविकरण नगरिएको, एउटा प्रकृतिको व्यवसाय दर्ता गरी विभिन्न मासु, होटल, किराना, तथा मदिराका सामान बिक्रीवितरण गदै आएको, पसलमा सरसफाइ नभएको, डिजिटल नाप तौलको प्रयोग नभएको, पसलहरुमा मार्वल तथा टायलको प्रयोग नगरिएको समेत पाइएकाले अनिवार्य रुपमा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार सबै प्रकृया पुरा गरेर मात्रै पसलहरु संञ्चाल गर्न ब्यवसायीहरुलाई निर्देशन दिएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानका निमित्त कार्यालय प्रमुख उमेश चन्द्र श्रेष्ठले बताउनुभयो ।

    अहिलेको अनुगमनमा ब्यवसायीलाई सबै प्रकृया पूरा गर्न सल्लाह, सुझाब दिएको र अर्काे पटकको अनुगमनमा प्रकृया पूरा नगरेको, आम जनताको स्वास्थ्य माथि खेलवाड गदै म्याद नाघेका बस्तु बिक्रि वितरण गरकोे पाइए जरिवाना गरिने बताउनुभयो । ठुला ब्यापारीहरुबाट नै म्याद नाघेका सामाग्रीहरु बिक्रि वितरण गर्ने गरेको पाइएकाले ब्यवसायी तथा उपभोक्ताहरुलाई सामानको उपभोग मिती हेरेर मात्रै सामान विक्रि वितरण तथा खरिद गर्न निमित्त कार्यालय प्रमुख श्रेष्ठले आग्रह गर्नुभयो । कार्यालयको चालु आर्थिक बर्ष २०८१/ ८२ को बार्षिक स्वीकृत पशुपन्छी तथा मत्स्य नियम कार्यक्रम अन्तर्गत अनुगमन गरिएको हो ।

    अनुगमनमा कार्यालयका निमित्त कार्यालय प्रमुख उमेश चन्द्र श्रेष्ठ, ईलाका प्रशासन कार्यालय जस्पुरका प्रमुख मेघ प्रसाद पोख्रेल, घरेलु तथा साना उद्योग कार्यालय, माण्डवी गाउँपालिका र प्यूठान नगरपालिकाका पशु सेवा शाखाका प्रमुख तथा प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रतिनिधि, पत्रकार, कार्यालयका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।



    mandavionline mandavionline    
  • ७ कार्तिक २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP