डोटी । एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का निर्वाचित हुनुभएको छ ।
उहाँले १४ हजार ८९७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले राससलाई जानकारी दिनुभयो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपकबहादुर धामीले १४ हजार ११० मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार नरेन्द्र खड्काले १३ हजार २७० मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार त्रिलोचन भट्टले पाँच हजार ४१३ मतमा सीमित हुनुभएको छ ।
प्रतिक्रिया