logo

  • १८ माघ २०८२, शनिबार | Sat, 31 Jan 2026

  •      Listen Radio Live

    डाक्टर गोविन्दराज पोखरेलको चुनावी अभियान तीव्र

    डाक्टर गोविन्दराज पोखरेलको चुनावी अभियान तीव्र

    माण्डवी अनलाईन, प्युठान ।

    प्रतिनिधि सभा सदस्यका लागि प्युठानबाट नेपाली काङ्ग्रेसका उम्मेदवार  रहेका प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले चुनावी अभियानलाई तीव्रता दिनुभएको  छ।

    आफूसँग विकास र समृद्धिको स्पष्ट खाका रहेको भन्दै प्युठान जिल्लाका नौ वटै स्थानीय तहमा पहिलो चरणको कार्यक्रम सम्पन्न गरेका डाक्टर गोविन्दराज पोखरेलले माघ १७ गते  प्युठानबाट रूपन्देहीमा विभिन्न कामको सिलसिलामा बसोबास गर्ने सबै प्युठानीहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्नुहुने भएको छ ।

    विकासका हिसाबले छिमेकी जिल्लाको तुलनामा पछि परेको भन्दै प्युठानको विकास र समृद्धिका लागि सबै आस्था विचार राख्ने प्युठानीहरूसँग बुटवलमा भेटघाट गर्ने कार्यक्रम रहेको डाक्टर गोविन्दराज पोखरेलले बताउनुभएको छ। समृद्धिको सपना एक्लैले पूरा गर्न नसक्ने भन्दै सबैसँग आफूले सल्लाह सुझाव लिएर आफ्नो चुनावी प्रतिबद्धता पत्र समेत तयार गर्ने डाक्टर पोखरेलले बताउनुभएको छ।



    mandavionline mandavionline    
  • १८ माघ २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP