साईनरेसुङ्गा डेभलपमेन्ट बैंकले न्यानो कपडा बितरण गरेको छ । ऐरावती गाउँपालिका ३ पकला आपखोलाका दलित बालवालिकाहरुलाई न्यानो कपडा बितरण गरेको हो ।
मंगलवार बैंकले आपखोलाका २८ जना बालवालिकाहरुलाई कपडा बितरण गरेको साईनरेसुङ्गा डेभलपमेन्ट बैंक बरौला शाखा प्रमुख शिवराज सुबेदीले जानकारी दिनुभयो । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले दलित बस्तीका बालवालिकाहरुलाई कपडा बितरण गरेको हो ।

ऐरावती गाउँपालिकाका अध्यक्ष नलिव बिक्रम शाहको प्रमुख आतिथ्यतामा न्यानो कपडा बितरण गरिएको हो । कार्यक्रममा ऐरावती गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष पदम बहादुर जिसी, लगाएत स्थानिय अभिभावकहरु उपस्थितीमा कपडा बितरण गरिएको हो । न्यानो कपडा बितरण कार्यक्रममा बोल्दै ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले दलित बस्तीका बालवालिकाका लागी न्यानो कपडा बितरण कार्यक्रम बैंकले सञ्चालन गरेकोमा धन्यवाद दिदै सामाजिक उत्तरदायिन्त बहन गर्न सबैले आ आफ्नो स्थानबाट भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । दैनिक ज्यालादारी गर्दै आएका दलित परिवारका बालवालिकालाई न्यानो कपडा बितरणले उनीहरुलाई ठुलो राहत मिलेको बताउनु भयो । यस्तै ऐरावती गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष पदम बहादुर जिसीले पनि सामाजिक रुपमा पछाडी परेका समुदायका लागी सबैले सहयोग गर्न आबश्यक रहेको बताउनु भयो । बिद्यार्थीलाई न्यानो कपडा बितरण गरेपछि उनीहरु चिसोको समयमा समेत नियमित बिद्यालय जान सक्ने उहाको भनाई छ ।

प्रतिक्रिया