माण्डवी अनलाइन। प्युठान,आगामी फागुन २१ गतेका लागि तोकियको प्रतिनिधि शभा निर्वाचनका लागी लागि नेपाली कम्यूनिष्ट पार्टि नेकपा प्यूठानले ७ जनाको नाम सिफारिस गरेको छ ।नेकपा प्यूठानले लिलामणि पोखरेल, कृष्णध्वज खड्का, भोजविक्रम बुढा मगर, उमाराम पौडेल, अर्जुन कुमार कक्षपती मिलन एमसि र प्रेम बहादुर विश्वकर्माको नाम सिफारिस गरेको छ । सिफारिस गरेका उमेदवार मध्येका एक हुनुहुन्छ अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष तथा नेपाली कम्युनिस्ट पार्टीका नेता मिलन एमसी । उमेदवारको छनोट सचिमा पर्नेमध्ये एमसी अखिल क्रान्तिकारीको उपाध्यक्षबाट बिदा हुनुभएको थियो । उमेरहदका कारण अध्यक्षको दौडबाट बाहिरिनुभयका एमसि हाल फागुन २१ गते हुने प्रतिनिधि शभा निर्वाचनका लागी उमेदवारका रूपमा सिफारिस हुनुभयको हो ।प्यूठान जिल्लामा राजनैतिक गतिबिधिमा कृयाशिल एमसि जिल्ला र स्थानीय स्तरमै राजनैतिक गतिबिधिमा सकृय हुनुहुन्छ । ४० वर्ष मुनीका युवातर्फबाट एमसी सिफारिसमा पर्नु भएको हो । एमसी नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको पूर्व केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ। विद्यार्थी संगठनको केन्द्रीय सचिव, उपमहासचिवहुँदै उपाध्यक्ष हुनुभयको थियो । विद्यार्थी संगठनको केन्द्रीय प्रवक्ता समेत भइसक्नुभयका एमसी अखिल क्रान्तिकारीले ३२ वर्ष माथीको नेतालाई अध्यक्ष उम्मेदवार हुनबाट रोक लगाएका कारण अध्यक्ष हुनबाट बञ्चित हुनुभयको थियो । झिमरुक गाउँपालिका–३ प्यूठान निवासी एमसि अहिले जिल्लामा नेकपाको राजनितिमा सकृय हुनुहुन्छ ।
प्रतिक्रिया