ऐरावती गाउँपालिकाको चालु आर्थिक बर्ष २०८२÷०८३ को हिउदे अधिबेशन तथा १९ औं गाउँशभा सम्पन्न भएको छ । शभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शाहले चालु आर्थिक बर्षमा गाउँपालिकामा ३१७ वटा योजना रहेको जानकारी दिनुभयो । ति मध्ये हालसम्म १०४ वटा योजनाको उपभोक्ता समिती मार्फत सञ्चालन हुनेगरी सम्झौता गरिसकिएको छ । चालु आर्थिक बर्षमा भएका मुख्य मुख्य कामहरुको जानकारी दिदै गाउँपालिका अध्यक्ष शाहले गाउँपालिका भित्रका मुख्य सडकहरु मर्मत गर्ने कार्य भएको, राष्ट्रिय रोजगार कार्यक्रमका लागी योजना छनोट गरिएको, दांङवाङ मावी अमिलीको भवन निर्माणको काम सम्पन्न भएको, ९ वटा योजनाको ठेक्का भएको तथा १५ शैयाको आधारभुत अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको लगाएतका कामहरु भएको जानकारी दिनुभयो ।
यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सरद गौतमले चालु आर्थिक बर्षको हालसम्म १९.५ प्रतिशत बजेट खर्च भएको बताउनु भयो । पुजिगत तर्फ १५ करोड ३४ लाख ९० हजार रुपैया बजेट बिनियोजन गरिएकोमा हालसम्म १ करोड ७१ लाख १४ हजार ३८४ रुपैया अर्थात ११.१५ प्रतिशत र चालु तर्फ ३५ करोड २ लाख ७१ हजार बिनियोजन भएकोमा हालसम्म ८ करोड ११ लाख ६८ हजार ३०२ रुपैया ६८ पैसा खर्च भएको जानकारी दिनुभयो । जुन कुल खर्चको २३.१७ प्रतिशत हो । गाउँपालिकाले चालु र पुजिगत खर्चतर्फ ५० करोड ३७ लाख ६१ हजार २४ रुपैयाको बजेट प्रस्तुत गरेको थियो । त्यसमध्ये हालसम्म ९ करोड ८२ लाख ८२ हजार ६८६ रुपैया खर्च गरेको छ ।

गाउँपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठका अनुसार १३ लाख ५० हजार रुपैया बराबरको योजना संसोधन गरिएको छ । शभामार्फत योजनाहरु संसोधन गरिएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया