logo
  • १२ बैशाख २०८२, शुक्रबार | Fri, 25 Apr 2025

  •      Listen Radio Live

    प्युठानमा अवैध पशु ओसारपसार गर्ने २ जना पक्राउ,५/५ हजार रुपैया जरिबाना सहित गाडी र पशु चौपाया प्रहरीको नियन्त्रणमा

    प्युठानमा अवैध पशु ओसारपसार गर्ने २ जना पक्राउ,५/५ हजार रुपैया जरिबाना सहित गाडी र पशु चौपाया प्रहरीको नियन्त्रणमा

    प्रमोद ओली , प्युठान।   जिल्लामा पछिल्लो समय पशुचौपाया अवैध रुपमा ओसारपसार गर्ने गतिविधि बढेपछि प्रहरीले निगरानी कडा बनाएको छ। सोही क्रममा प्रहरीले दुई छुट्टाछुट्टै घटनामा अवैध रुपमा ढुवानी गरिएका बाख्रा र भैसीसहित सवारी साधन नियन्त्रणमा लिएको छ।

    २०८२ वैशाख ५ गते राति करिब १०:२५ बजे ऐरावती गाउँपालिका–६, बैरेनीबाट जुम्रीतर्फ आउदै गरेको लु १ च ५७८१ नम्बरको बोलेरो पिकअप गाडीलाई चुजाँठाटीस्थित प्रहरी चौकीको गस्ती टोलीले चेकजाँच गर्दा अवैध तरिकाले ३६ वटा स्त्री जातका बाख्रा बोकेको भेटिएको थियो। गाडीका चालक सतिस नेपाली र बाख्रा ढुवानीकर्ता मोहम्मद फिरोज खानलाई नियन्त्रणमा लिइएको थियो। आवश्यक भेटनरी कागजात विना बाख्रा ढुवानी गरेकाले उनीहरूलाई एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय खलंगा प्युठानमार्फत पशु सेवा ऐन अनुसार पाँच हजार रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।

    त्यस्तै, अर्को घटनामा २०८२ वैशाख ६ गते साँझ ५:५० बजे झिमरुक गाउँपालिका–५, मच्छी बजारबाट बाग्दुलातर्फ आउदै गरेको लु १ च ५७२६ नम्बरको बोलेरो पिकअप गाडीबाट अवैध रुपमा ३ वटा स्त्री जातका भैसी फेला परेका थिए। गाडी चालक बिजय खड्का र ढुवानीकर्ता समिर खानले आवश्यक कानुनी प्रक्रिया नपु¥याई भैसी ल्याइरहेका थिए। प्रहरी चौकी ओखरकोटको गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिई सोही कार्यालयमार्फत पाँच हजार रुपैयाँ जरिवाना गरेको हो।

    प्युठान प्रहरीले पशुचौपाया ओसारपसारमा कडाइ गरेको जनाएको छ। आवश्यक कानुनी प्रक्रिया विना पशु ओसारपसार गरेमा कडाभन्दा कडा कारबाही गरिने जिल्ला प्रहरी कार्यालय प्युठान ले जनाएको छ।



    mandavionline mandavionline    
  • ७ बैशाख २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP