logo
  • ११ बैशाख २०८२, बिहीबार | Thu, 24 Apr 2025

  •      Listen Radio Live

    उत्कृष्ट काम गर्ने प्रहरि उपरिक्षक बस्याल र अधिकृत भुषाल सम्मानित।

    उत्कृष्ट काम गर्ने प्रहरि उपरिक्षक बस्याल र अधिकृत भुषाल सम्मानित।

    प्युठान।
    जिल्ला प्रशासन कार्यालय प्युठानले कार्यसम्पादनमा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सम्मान गरेको छ ।

    प्रशासन कार्यालय प्युठानमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बर्ष २०८१ मा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा उत्कृष्ट कार्य गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपेस बस्याल र जिल्ला प्रशासन कार्यालयमा प्युठानमा रहेर नागरिकको सेवामा उत्कृष्ट कार्य गर्ने जालन्धर भुसाललाइ सम्मान गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुबेदिले काम गर्ने सबै उत्कृष्ट रहेको बताउदै त्यसमध्य २ जना कर्मचारीलाई सम्मान गरिएको बताएकी छन । जिल्लामा शान्ति सुरक्षा अपराध नियन्त्रण सुसाशन र बिकास निर्माणका लागि आफुले मुख्य योजना बनाइ काम गरेको र जस्का लागि सबै कार्यालयले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै धन्यवाद दिएकि छन ।

    आफु जिल्लामा रहेर काम गर्दै गर्दा सबै सङ्ग सहकार्यमा जोड दिएको , कर्मचारीको मनोबल उच्च बनाउन उत्कृष्ट कर्मचारीलाई सम्मानको सुरुवात गरेको बताएकी छन ।

    प्रमुख जिल्ला अधिकारी सुबेदिको नेतृत्वमा जिल्लाको शैक्षिक गुणस्तर सुधारका लागि अभियानका रुमा काम गरेको , रोकियका बिकास योजनाको समयमा सम्पन्नका लागि सर्बपक्षिय छलफलका माध्यमबाट काम अगाडि बढाएको , नागरिकले सहज सरल रुपमा काम गर्नका लागि सुधार ल्याउने , जिल्लामा बिपद्का घटना कम गर्न आगलागि नियन्त्रण कार्यबिधि तयार गरि कार्यान्वयन गर्न जस्ता काम भएका छन ।



    mandavionline mandavionline    
  • २७ चैत्र २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP