logo
  • २६ फाल्गुन २०८१, सोमबार | Mon, 10 Mar 2025

  •      Listen Radio Live

    मगर दिवसमा प्युठानका तीन स्थानिय तहमा सार्वजनिक बिदा

    मगर दिवसमा प्युठानका तीन स्थानिय तहमा सार्वजनिक बिदा

    रविन विश्वकर्मा, प्युठान । प्युठानका तीन स्थानिय तहले फागुन १५ गते सार्वजनिक बिदा दिएका छन् । जिल्लाको ऐरावती, सरुमारानी, र मल्लरानी गाउँपालिकाले फागुन १५ गते ४३ औ मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिएका हुन् । गाउँकार्यपालिकाको निर्णय अनुसार उक्त दिन बिदा दिएको गाउँपालिकाले जनाएका छन् । फागुन १५ गते तीन वटै गाउँपालिका, वडा कार्यालय, शैक्षिक तथा स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा बन्द हुने छन । मगर समुदायको बसोबस रहेको र दिवसलाई हर्षोल्लासका मनाउन पहिलो पटक सार्वजनिक बिदा दिईएको मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले बताउनुभयो ।

    दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम हुदै 
    दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरिएको छ । मल्लरानी गाउपालिका २ नंम्बर वडा कार्यलयले विविध सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ । ठुलाखेत चुजाँठाटीमा हुने साँस्कृतिक कार्यक्रममा “करिमै” बोलको गीतकी मोडल नारायणी खत्रीको विशेष प्रस्तुती रहने छ । साथै सामुहिक तथा एकल नृत्य प्रतियोगिता, भाले पकट प्रतियोगिताको आयोजना गरिएको छ । कार्यक्रममा मगर समुदायका स्थानीय खानाका परिकार समेत उपलब्ध हुने वडा अध्यक्ष लेख वहादुर थापाले जानकारी दिनुभयो ।

    यस्तै नेपाल मगर महिला संघ बहानेको आयोजनामा विविध सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । नौबहिनी गाउँपालिका ६ बहाने हुने कार्यक्रममा लोक दोहोरी गायक पुर्ण बुढा मगर, सुरेश मगर , लोक दोहोरी गायिका सबिना बुढा मंगर, मोडल तथा डान्सर निशा मगर लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड सांगितिक प्रस्तुति रहने आयोजकले जनाएको छ । साथै कार्यक्रममा मगर पहिचान झल्किने झाँकी,¥याली सहित पञ्चेबाजा प्रदर्शनका साथै मगर समुदायका स्थानीय खाजाका परिकारहरू रहनेछन् ।

    त्यस्तै गौमुखी गाउँपालिका १ अर्खामा नेपाल मगर संघ गौमुखी गाउँपालिकाको आयोजनामा विविध सास्कृतिक कार्यक्रम हुने भएको छ । “भेषभुषा भाषा संस्कृतिलाई संरक्षण गरौः विश्व भरिका मगरलाई एकजुट गरौ ” भन्ने मुल नाराका आयोजना गरिएको कार्यक्रममा पञ्चेबाजा ,झाँकी,¥याली सहित विविध साँस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको । मगर दिवसको अवसरमा जिल्लाका नौ वटै स्थानिय तहमा कार्यक्रम हुदै छ ।



    mandavionline mandavionline    
  • १३ फाल्गुन २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP