logo
  • २६ फाल्गुन २०८१, सोमबार | Mon, 10 Mar 2025

  •      Listen Radio Live

    सांसद थापाले टेलिकमका कर्मचारीलाइ सरुवाको धम्की दिने र थर्काउने गरेको नेपाली काग्रेस प्यूठानको आरोप

    सांसद थापाले टेलिकमका कर्मचारीलाइ सरुवाको धम्की दिने र थर्काउने गरेको नेपाली काग्रेस प्यूठानको आरोप

    प्यूठान । प्रतिनिधी शभा सदस्य सुर्य थापाले प्यूठान जिल्लामा पदिय मर्यादा बिपरित काम गरेको भन्दै नेपाली काग्रेस प्यूठानले ध्यानाकर्षण गराएको छ ।

    जिल्ला भित्रका सञ्चालन हुने बिभिन्न कार्यक्रममा सांसद थापाले पदिय मर्यादा बिपरित र जनप्रतिनिधिप्रति अस्वभाविक अभिब्यक्ति दिएको भन्दै त्यस्ता कार्य नगर्न काग्रेस प्यूठानले ध्यानाकर्षण गराएको छ ।

    सांसद थापाले २०८१ पुष ११ गते जिल्ला समन्वय समितीको जिल्ला सभामा समानुपाती सांसद फुर्सदिला भएको, समानुपाती सांसदलाइ कसैले जनगुनासो नराख्ने, र यिनीहरुको कुनै जिम्बेबारी छैन, नत चुनाव जितेको अनुभव छ भन्ने अभिब्यक्ति दिएको, जिल्ला समन्वय समितीको एक कार्यक्रममा समानुपाती सांसद प्रमुख अतिथी भै कार्यक्रम सञ्चालन भएकै बखत सांसद थापा उपस्थित भइ उपस्थितको माइन्यूट च्यात्न लगाइ पुन माइन्यूट गर्न लगाएको, नेपाली काग्रेस प्यूठानबाट मन्त्री भएका ब्यक्तिलाइ इंगित गरि जनताको घरदैलोका जाने कुरालाइ जोकको रुपमा क्याटवाक भन्दै हिडेर बिकास हुन्छ भन्दै आपत्ती जनाएको, प्रदेश सांसदको पहलमा भएका बिकास र बजेटको बिरोध सांसद थापाले गर्ने गरेको काग्रेस प्यूठानद्धारा जारी प्रेस बिज्ञप्तीमा उलेख्ख गरिएको छ ।

    साथै २०८१ फागुन १ गते झिमरुक गाउँपालिका वडा नं. ५ मा नेपाल टेलिकमको टावर उद्घाटनमा सांसद थापा र लुम्वीनी प्रदेश सांसद निमा गिरीले सयुक्त कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम भनि लेखिएको ब्यानर सांसद थापाले टास्न नदिएको तथा टेलिकमका कर्मचारीलाइ धम्क्याउने, सरुवाको धम्कीदिने जस्ता काम गरेको आरोप पनि नेपाली काग्रेस प्यूठानले लगाएको छ ।

    सांसद थापाले पदिय मर्यादा बिपरित अस्वभाविक, चरित्र देखाउदै पहुपाटी सिदान्तलाइ अनदेखा गरी निरन्तर असमाबेसी स्वभाव देखाएको काग्रेस प्यूठानका सभापती बिष्णुकुमार गिरीद्धारा जारी प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।



    mandavionline mandavionline    
  • २ फाल्गुन २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP