गौमुखी गाउँपालिका अन्र्तगत हरियाखोलादेखी फलाटेसम्मको सडक स्तरोन्नतीको कामपनि सुरु भएको छ । गौमुखी गाउँपालिका अन्र्तगतको मुख्य सडकखण्ड बाग्दुला, मच्छी–ठुलाबेसी खण्ड अन्र्तगत गौमुखी गाउँपालिका क्षेत्रमा पर्ने हरियाखोलादेखी फलाटेसम्मको १.५ किलोमिटर सडकको स्तरोन्नतीको काम सुरु गरिएको गौमुखी गाउँपालिकाका इञ्जिनियर शिव पुनले जानकारी दिनुभयो ।
पालिकाको समपुरक योजना अन्र्तगत लुम्वीनी प्रदेश सरकारको लागत साझेदारीमा ठेक्का आब्हान गरिएको थियो । डेढ किलोमिटर सडक स्तरोन्नती गर्नका लागी वि एम कन्स्ट्रक्शन झिमरुक गाउँपालिका ५ ले ६७ लाख ४३ हजार ४५२.३४ रुपैयामा ठेक्का सम्झौता गरेको छ । लुम्वीनी प्रदेश सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत समाबेश गरिएको आयोजनाको काम २०८३ असारमा सम्पन्न गर्नेगरी सम्झौता गरिएको छ ।
प्रतिक्रिया