logo

  • ५ चैत्र २०८२, बिहीबार | Thu, 19 Mar 2026

  •      Listen Radio Live

    नौबहिनीको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न, प्रशासकीय अधिकृत पौडेल सम्मानित

    नौबहिनीको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न, प्रशासकीय अधिकृत पौडेल सम्मानित

    नौबहिनी गाउँपालिकाले आ। व। २०८१र०८२ को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय निकाय र नागरिकहरु बिच दोहोरो संवाद स्थापित गरि सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेलेको छ । स्थानीय निकायबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, बस्तु र सुविधा सर्वजनिक गरि सेवाग्राही नगारिकले उठाएका सवालहरुमा स्पष्टता, पारदर्शिता गराउन र रचनात्मक सुझावहरुलाई ग्रहण गरि आगामी कार्ययोजना चुस्त बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बताउनुभयो ।

    नौबहिनी गाउँपालिकाले यस आ। व। २०८१र०८२ मा चालू तर्फ ९३।५१ र पूँजिगत तर्फ ९६।९२ प्रतिशत खर्च कायम गरि जिल्लामै उत्कृष्ट स्थान हासिल गरेको छ । नौबहिनी गाउँपालिकाको २०८१र८२ को वार्षिक समीक्षा कार्यक्रमको अवसरमा, प्रमुख प्रशासकीय अधिकृत श्री शिवराज पौडेलज्यूलाई उहाँले यो पालिकामा पुर्‍याउनुभएको उल्लेखनीय सेवा, कुसल कर्मचारी व्यवस्थापन, सेवा प्रवाहको प्रभावकारिता, बजेट व्यवस्थापन तथा समग्र नेतृत्व क्षमताको कदरस्वरूप विशेष सम्मान गरिएको छ ।

    प्रमुख प्रशासकिय अधिकृत पौडेलको नेतृत्वमा पालिकाले प्रशासनिक सुधार, पारदर्शिता, वित्तीय अनुशासन र सेवाप्रवाहमा गुणात्मक सुधार हासिल गरेको भन्दै गाउँपालिका अध्यक्ष थापा तथा उपाध्यक्ष विस्ना थापा लगायतले बधाई दिनुभएको थियोे । पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य सुशील पोख्रेल र महासंघका पुर्व जिल्ला अध्यक्ष गिरु भण्डारीले गाउँपालिकाले गरेको विकास निर्माण र नतिजाको प्रसंशा गर्दै महत्त्वपूर्ण सुझावसङ्गै बधाई दिनुभएको थियो ।

    गाउँपालिकाका सम्पुर्ण शाखा प्रमुख एवं ८ वटै वडा सचीवहरुले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे सङ्गै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, आम नागरिकहरुले गाउँपालिकाको दिगो विकास निर्माण, कृषिमा आत्मनिर्भर, वडाबासीहरु सडकको पुर्ण पहुँच, विद्धुत र खानेपानी सङ्गै शिक्षा र स्वास्थ्यमा उत्कृष्ट नतिजा ल्याउन सहकार्य र समिक्षा गोष्ठीहरु निरन्तर भैरहन जरुरी रहेको टिप्पणी गर्नुका साथै विविध सवाल र जिज्ञासाहरुको विषयमा सकारात्मक छलफल गरिएको थियो ।



    mandavionline mandavionline    
  • २१ श्रावण २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP