logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    सभापति लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

    सभापति लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

    कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धानका लागि कास्की जिल्ला अदालतले आज अनुमति दिएको छ ।

    सहकारी ठगी अभियोगमा यही कात्तिक २ गते पक्राउ पर्नुभएका लामिछानेलाई कात्तिक १५ गतेदेखि लागू हुनेगरी तेस्रो पटक १० दिनको म्याद थप गरिएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।

    यसअघि गत कात्तिक १४ गतेसम्मको म्याद रहेकामा तिहार विदाका कारण अदालत बन्द भएकाले तिहारको विदापछि लामिछानेलाई आज अदालतमा पेश गरिएको थियो ।
    जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको सूचना अधिकारी अधिकारीले बताउनुभयो । सभापति लामिछानेलाई कात्तिक ४ गते पहिलोपटक अदालत उपस्थित गराइएको थियो ।



    mandavionline mandavionline    
  • २० कार्तिक २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP