प्यूठान । गौमुखी गाउँपालिकाले गाउँपालिका प्रबेश गर्ने मुख्य सडक मच्छी ठुलाबेसी सडकखण्ड अन्र्तगत हरियाखेला देखी ठुलाबेसी अर्खासम्मको सडकको स्थलगत अनुगमन गरेको छ । प्रदेश समपुरक योजना अन्र्तगत स्तरोन्नती गर्नका लागी बजेट बिनियोजन भएपछि गाउँपालिकाले सडकखण्डको स्थलगत अनुगमन गरेको हो ।
गौमुखी गाउँपालिका अध्यक्ष बिष्णुकुमार गिरी, वडा अध्यक्ष, प्राविधिक कर्मचारी तथा राजनैतिक दलका प्रतिनिधि सहितको टोलिले सडकको स्थलगत निरिक्षण गरेको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले जानकारी दिनुभयो ।
बिनियोजित बजेट कार्यान्वयनका लागि चालु आर्थिक बर्षमा सडक फराकिलो बनाउने, कटिङ्ग, ग्याबिन वाल,तथा नाली निर्माण गर्नेगरी सडकखण्डको सर्बे गर्ने कार्यसमेत सुरु भएको अध्यक्ष गिरीले बताउनु भयो । चालु आर्थिक बर्षमा प्रदेश समपुरक योजना अन्र्तगत गौमुखी गाउँपालिकामा सडक स्तरोन्नतीका लागी ९ करोड रुपैया बजेट बिनियोजन भएको छ ।
प्रतिक्रिया