logo

  • १६ असार २०८२, सोमबार | Mon, 30 Jun 2025

  •      Listen Radio Live

    धान दिवशका अबसरमा उत्कृष्ट कृषकलाइ सम्मान

    धान दिवशका अबसरमा उत्कृष्ट कृषकलाइ सम्मान

    धान दिवशका अबसरमा उत्कृष्ट कृषकलाइ सम्मान गरिएको छ । धान बालीमा सघनता खाध्य सुरक्षा र आत्मनिर्भरता भन्ने नारासहित मनाइएको २२ औ राष्ट्रिय धान दिवशका अबसरमा आयोजना गरिएको कार्यक्रममा जिल्ला भित्र विभिन्न कृषि पेशामा सलग्न भइ उत्कृष्ट कृषी गर्नै किसानहरुलाई सम्मान गरिएको हो ।

    प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई प्युठान ्, मल्लरानि गाउपालिका र भानुभक्त मा.बि बर्बोटको आयोजनामा चुजाठाटिमा भएको धानदिवश कार्यक्रम प्युठान नगरपालिका ९ का टोपबहादुर केसीलाई चैते धान खेति बिस्तारमा उल्लेखनिय कार्य गरेको भन्दै सम्मान गरिएको हाृ । यस्तै मल्लरानि गाउँपालिका ५ का मुकुन्द बहादुर मल्ललाई च्याउखेती बिस्तार, बेमौसमी प्याजखेती , झिमरुक ३ का नबराज केसिलाई तरकारि बीउ उत्पादन, प्युठान नगरपालिका का तिलक बहादुर गुरुङलाइ टमाटर खेती र नवीन नेपाली, खिमराज पोख्रेललाई पनि उत्कृष्ट कृषकका रुपमा सम्मान गरिएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसिले कृषकको उत्पादनमा टेवा पुराउन र उत्पादित बस्तुको बजारिकरणको ब्यबस्थापन मिलाउन स्थानिय सरकारसङ्ग समन्वय भएको बताउनु भयो। स्थानिय तहहरुले उत्पादनका आधारमा अनुदान, कृषि अनुदान जस्ता कामहरु गर्ने गरेको बताउदै किसानले उत्पादन गरेको कृषि उपजको न्यूनतम मुख्य तोक्ने काम पनि भएको बताउनु भयो ।

    कार्यक्रम मल्लरानि गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले गाउपालिकाले कृषकले उत्पादन गरेका उत्पादनको बजारिकरण तथा उत्पादनमा आधारित अनुदान प्रदान गरि कृषि पेशाप्रति सम्मान प्रर्कट गरेको बताउनु भयो । मल्लरानी गाउँपालिकाले गत बर्षदेखी उत्पादनका आधारमा अनुदान दिन सुरु गरेको छ । जस्ले धेरै उत्पादन गर्छ उस्ले धेरै अनुदान पाउने बताउनु भयो ।

    कार्यक्रम पत्रकार महासघ प्युठानका अध्यक्ष श्रीराम भण्डारीले किसानलाई प्रबिधिसङ्ग जोडि कामका लागि दिनानुदिन बिदेश पलाएन हुने युवालाइ स्वदेशमै कृषिमा आत्मनिर्भर बनाउनतर्फ तिनै तहका सरकारले समन्वय गर्न सक्नुपर्ने बताउनु भयो । ठुलो सङ्ख्या बिदेशिने युवाहरुलाइ स्वदेशमै रहने कार्यक्रम बनाउनु पर्ने बताएका छन ।

    कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकरण कार्यान्वयन इकाई प्रमुख चुमान गिरीले कार्यालयले किसानलाई प्रबिधिसङ्ग जोडि उत्पादनमा सहजता र उत्पादनमा बृदि ल्याउने काम कार्यालय मार्फत भएको बताउनु भयो । किसानलाइ प्रविधिसंगै जोड्दै आत्मनिर्भर बनाउन कार्यालयले प्रविधि, प्रविधिक सहयोग जस्ता कामहरु गर्ने गरेको जानकारी दिनुभयो ।
    धानदिवशका अबसरमा धानभित्र माछाका भुरा समेत राखिएको छ ।



    mandavionline mandavionline    
  • १६ असार २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP