logo

  • ३ असार २०८२, मंगलवार | Tue, 17 Jun 2025

  •      Listen Radio Live

    आजदेखि मल्लरानीमा खाना महोत्सव

    आजदेखि मल्लरानीमा खाना महोत्सव

    पर्यटकिय स्थल मल्लरानीमा आजदेखी खाना महोत्सव सुरु हुदै छ । प्यूठान उद्योग वाणिज्य संघ मल्लरानी बजार क्षेत्रको आयोजनामा चैत ३१ गते आजदेखि वैशाख २ गते सम्म तेस्रो मल्लरानी खाना महोत्सव संञ्चालन हुन लागेको हो । महोत्सवको सबै तयारी पुरा भएको र आज दिउसो एक कार्यक्रमका बिच खाना महोत्सवको औपचारिक उद्घाटन गरिने प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्रका सचिव पशुपति श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जिसीले गर्नुहुनेछ । उद्घाटन सत्रमा सराय नाँच, मारुनी नाँच, पन्चेबाजा, भैलो प्रदर्शनी सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

    मल्लरानीको पर्यटन प्रवर्धनसंगै स्थानीय खानाका परिकारको प्रवद्धन मेलाको मुख्य उदेश्य रहेको छ । खाना महोत्सवमा विभिन्न बस्तुहरु बिक्री वितरण तथा प्रर्दशनीमा राखिने छ । स्थानीय अर्गानिक खानाका परिकार सहित विभिन्न कला,सस्कृति प्रर्दशन गरिने छ ।



    mandavionline mandavionline    
  • ३१ चैत्र २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP