logo

  • १७ माघ २०८२, शुक्रबार | Fri, 30 Jan 2026

  •      Listen Radio Live

    कांग्रेस देश बदल्ने अठोटसहित आएको छ: प्रवक्ता चालिसे

    कांग्रेस देश बदल्ने अठोटसहित आएको छ: प्रवक्ता चालिसे

    काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेस समयानुकूल नयाँ युवाका भावनासहित नवीनसहित आएको बताउनुभएको छ ।

    कांग्रेसले सुरुआत गरेको ‘कांग्रेस डबली’ संवादका क्रममा आज आयोजित पहिलो संस्करणमा उहाँले बदलिएर आएको कांग्रेस गौरवपूर्ण इतिहास र भरपर्दो भविष्यका साथ निर्वाचनमा होमिएको दाबी गर्नुभयो ।

    “नवयुवाले चाहेको परिवर्तनसँगै कांग्रेसले पनि पार्टी, स्वरूप, शैली र आचरणमा परिवर्तन ल्याएको छ”, प्रवक्ता चालिसेले भन्नुभयो, “युवा पुस्तामा कांग्रेस आएको छ । आशाको सिर्जना भएको छ । कांग्रेस बदलेको मात्र होइन, देश बदल्ने अठोटका नीतिसहित आएको छ ।”

    पहिलो संस्करणमा ‘गैरकांग्रेसको दृष्टिमा अबको कांग्रेस’ विषयमा आज अनलाइनखबरका प्रधान सम्पादक वसन्त बस्नेतसँग संवाद गरिएको थियो ।

    पत्रकार बस्नेतले फरक मतको संरक्षण र सम्मान तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रोत्साहन गर्नेगरी आयोजना गरिएको कार्यक्रम आलोचनात्मक छलफलका लागि उत्कृष्ट रहेका बताउनुभयो ।

    उहाँले दलभित्र आन्तरिक लोकतान्त्रीकरण बलियो हुनुपर्नेमा जोड दिँदै कांग्रेसले नेतृत्वको अनुहार मात्र होइन, विचारसहितको परिवर्तनलाई स्थापित गर्न सुझाव दिनुभयो ।



    mandavionline mandavionline    
  • १७ माघ २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP