खलंगा । प्यूठानमा शनिवार साझदेखि भारि बर्षा भैरहेको छ । जल तथा मौषम पुर्वानुमान महासाखाका अनुसार प्यूठान जिल्लाको उत्तरि क्षेत्र नौबहिनी गाउँपालिकाको वडा नं १ स्याउलिवाङ्ग क्षेत्रमा भारि बर्षा भइरहेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ १९६.६ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ । उपल्लो क्षेत्रमा भारि बर्षा भयकाले तल्लो तटिय क्षेत्रमा बाढि आउनसक्ने भन्दै साबधानि अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यससंगै लुम्बिनीका बाँके, बर्दिया र दाङमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद्ले बताएकाछन् । कर्णालीका पनि तीन जिल्लामा यस्तो सम्भावना रहेको मौषम पुर्वामुमान शाखाले जनाएको छ ।
लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङमा र कर्णाली प्रदेशको दैलेख, सुर्खेत र सल्यानमा भारीदेखि धेरै भारी पानी पर्ने सम्भाबना रहेको मौषमबिदले जानकारी गराएकाछन् ।
प्रतिक्रिया