सरूमारानीमा एसईई को नतिजा सम्वन्धमा समीक्षा सम्पन्न

माण्डवी अनलाइन
माण्डवी अनलाइन २२ असार २०८१, शुक्रबार
2 Min Read
Aa

माण्डवी अनलाइन,प्युठान ।

सरूमारानी गाउँपालिकामा एसईई को नतिजा सम्बन्धमा समीक्षा गरिएको छ। शुक्रवार शैक्षिकसत्र ०८०÷०८१ को माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सम्वन्धमा समीक्षा तथा अन्तरक्रिया कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो । क्भ्भ् नतिजाको समीक्षा गर्दै शैक्षिक गुणस्तर सुधार गर्नको लागि सबै लाग्नुपर्ने कार्यक्रमका सहभागिहरुले बताएका छन् । सुहभागिहरुले बिषेशगरी विद्यार्थीहरूलाई अनुशासन सहित पढाइ प्रती उत्प्रेरणा जगाउन, अभिभावक शिक्षा कार्यक्रम संचालन गर्ने,शिक्षकहरू आफ्नो पेशा प्रती थप उत्तरदायी र जवाफदेही बन्नु पर्ने,दण्ड र पुरस्कारको नीति अवलम्बन गर्नु पर्ने बताएका छन् ।

यस्तै विद्यालय शिक्षकहरूको एकतामा जोड दिने,विद्यालय बयवस्थगापन समिति व्थप शसक्त र प्रभावकारी बन्नु पर्ने ,आधारभुत तहबाट शैक्षिक गुणस्तर सुधार गर्दै जानू पर्ने, सरोकावारवालाहरूको अनुगमन प्रभावकारी बनाउनु पर्ने र शिक्षा संग सम्वन्धित आधारभुत आवश्यकता लगाएत भौतिक संरचना निर्माणमा जोड दिनु पर्ने लगायतका धारणा राखेको सरुमारानी गाउँपालिकाका प्रबक्ता चिन्त सोैमे मगरले जानकारी दिनु भयो । साथै सहभागीहरुको सल्लाह सुझावहरुलाई आत्मसाथ गर्दै शैक्षिक गुणस्तर वृद्धिका लागि सरोकारवाला निकाय लाग्ने निष्कर्श निकालेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले अहिलेको एसईईको नतिजाले चिन्तित बनाएको बताउनुभयो । भखैरै सार्वजनिक भएको नतिजा सरुमारानि गाउँपालिकाको मात्रै नभई देशै भएको नतिजा अत्यन्तै दयनिय,कमजोर आएको बताउदै अब सबै सरोकारवाला निकायले यसको समिक्षा गदै शिक्षाको गुणस्तर कसरी बढाउन सकिन्छ भन्नेतर्फ ध्यानकेन्द्रित गनुपर्ने बताउनुभयो ।

गाउँपालिकाकाले उज्यालो भविष्य निर्माणको आधार मानिने शिक्षाको गुणस्तर अभिवृद्धि गर्न लागि परेको बताउनुभयो । शिक्षक,बिद्यार्थी तथा अभिभावबिच समय समयमा शिक्षाको गुणस्तर अभिवृद्धिका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रमहरु गदै आएको बताउनुभयो । गाउँपालिकाको एक्लो प्रयासले मात्रै शिक्षाको गुणस्तर वृद्धि संम्भव नभएकाले शिक्षक,बिद्यार्थी र अभिभावक तीन तहको समन्वयात्मक हुन जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बसन्ता खडका,वडा अध्यक्षहरू,८ वटा माविका विव्यस अध्यक्षहरू,शिक्षक अभिभावक संघका अधहरू र प्रधानाध्यापकहरूको उपस्थितिमा रहेको कार्यक्रमको संचालन गाउँपालिकाका शिक्षा शाखा प्रमुख पुष्पलाल शाहीले गर्नुभएको थियो।

माण्डवी अनलाइन

प्रतिक्रिया दिनुहोस्