प्यूठानमा २१ जना उत्कृष्ट कृषक सम्मानित

माण्डवी अनलाइन
माण्डवी अनलाइन १७ असार २०८१, आईतवार
3 Min Read
Aa

रविन विश्वकर्मा,प्युठान ।

प्यूठानमा २१ जना उत्कृष्ट कृषकलाई सम्मान गरिएको छ । २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा जिल्लामा ब्यवसायिक रुपमा कृषि तथा पशुपालन गदै आएका कृषकलाई बिभिन्न बिधामा उत्कृष्ट कृषकको रुपमा सम्मान गरिएको हो । दिवसको अवसरमा प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई प्युठानले १३ जना र एकीकृत कृषि तथा पशुपन्क्षी बिकास कार्यालयले ८ जना कृषकलाई सम्मान गरेको हो । प्यूठान नगरपालिका ३ का षट कुमार न्यौपाने,प्यठान नगरपालिका ८ का विपना भण्डारी,चैतेधान उत्पदानतर्फ माण्डवी गाउँपालिका ५ का टोपारमा आचार्य, नमुना युवा उद्यमीतर्फ प्युठान नगरपालिका ८ का सन्तोष जिसी,जेष्ठ नागरिक कृषकतर्फ प्युठान नगरपालिका १० का हुकु बहादुर केसी, महिला उद्यमीतर्फ प्यठान नगरपालिका ८ का माधवा गिरी, नर्सरी तर्फ गौमुखी गाउँपालिका ६ का पदम बहादुर के।सी।पौरखी कृषक तर्फ प्यूठान नगरपालिका ४ का भिम बहादुर थापा मगर,धानको बिउ उत्पादन तर्फ प्यूठान नगरपालिका ३ का लोक राज पोख्रेल,ब्यवसायिक युवा उद्यमी तर्फ,स्वर्गद्धारी नगरपालिका ९ का पुर्ण बहादुर धामी, सफल ब्यवसायीक कृषकतर्फ प्युठान नगरपालिका १ का भुप बहादुर धामी, नविनतम खेती तर्फ प्युठान नगरपालिका २ का मुक्ति पोख्रेल, गाउँपालिकाको संकलन केन्द्र मार्फत सबै भन्दा बढि तरकारी बिक्री गर्ने मल्लरानी गाउँपालिका ४ को बालिका पराजुलीलाई कासको थाल,प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्ममान गरिएको
परियोजना प्रमुख चुमानसिंह गिरीले जानकारी दिनुभयो ।

त्यस्तै एकीकृत कृषि तथा पशुपन्क्षी बिकास कार्यालयले तरकारीतर्फ माण्डवी गाउँपालिका १ का बसन्ता घर्ती र लेयर्स कुखुरा पालन तर्फ प्युठान नगरपालिका ४ का लिलाधर पाठकलाई सर्वोउत्कृष्ट कृषकको रुपमा सम्मान गरेको छ । दुबै जना कृषकलाई दोसल्ला सहित नगद रु १० हजार र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै उत्कृष्ट कृषक अन्तर्गत फलफूल खेतीतर्फ प्युठान नगरपालिका ५ किम बहादुर घर्ती क्षेत्री,मौरी पालन तर्फ मल्लरानी गाउँपालिका २ का लेखराज शर्मा,तरकारी खेती तर्फ सरुमारानी गाउँपालिका १ का मोहन बहादुर कुमाल,माछापालन तर्फ प्युठान नगरपालिका ९ का दिन बहादुर जिसी,गाईभैसी पालन तर्फ प्युठान नगरपालिका १ का हिमाल पोख्रेल र बाख्रा पालन तर्फ ऐरावती गाउँपालिका ३ का प्रेम बहादुर पुनलाई नगर रु ५ हजार पुरस्कार सहित दोसल्ला ओढाएर प्रमाण पत्रले सम्मान गरिएको कार्यालयले जनाएको छ ।
कृषि कमर्मा जुट्दै कृषि क्षेत्रको विस्तार तथा जिल्लाको आर्थिक विकासमा पु¥याएको योदानको उच्च मुल्याङक गदै पेशामा लाग्न थप प्रेरित गर्ने उद्देश्यका साथ सम्मान गरिएको दुबै कार्यालयले बताएका छन् ।

यसैबीच प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई र एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय प्युठानद्वारा आयोजना गरिएका विभिन्न किसिमका कृषि सम्बन्‍धी कार्यक्रमहरुमा जिल्ला प्रहरी कार्यालय प्युठानले गरेको समन्वय तथा सहकार्यका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इश्‍वर थापालाई समेत सम्मान पत्र प्रदान गरि सम्मान गरिएको छ ।

माण्डवी अनलाइन

प्रतिक्रिया दिनुहोस्