प्यूठानमा धान खेतमा माछा एवंम हाँस पालन शुभारम्भ

माण्डवी अनलाइन
माण्डवी अनलाइन १७ असार २०८१, आईतवार
2 Min Read
Aa

रविन विश्वकर्मा,प्युठान ।

प्यूठानमा धान खेतमा माछा एवंम हाँस पालन शुभारम्भ गरिएको छ । २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा जिल्लामा धान खेतमा माछा एवंम हांँस पालन परिक्षणको शुभारम्भ गरिएको हो । दिवसको अवसरमा प्यूठान नगरपालिका ८ गेजबाङमा आयोजना गरिएको धान रोपाई कार्यक्रममा धान रोपिएको खेतमा काठमाडौंबाट ल्याईएको कमन कोर्प प्रजातिको माछा माछाका भुरा र लोकल हाँसका बच्चाहरु छोडि कार्यक्रमको प्रभारम्भ गरिएको प्रधानमन्त्री आधुनिकिकरण परियोजना,परियोजना कार्यान्वयन ईकाइ प्युठानका प्रमुख चुमानसिंह गिरीले जानकारी दिनुभयो । किसानहरुले जसरी धान खेती गरिहरहनु भएको छ त्यसरी नै एउटै खेतमा माछा र हाँस पालनलाई पनि अगाडि बढाइ दोहोरो लाभ लिन सकिन्छ भन्ने नयाँ सन्देश दिने उद्देश्यका पहिलो पटक यो कार्यक्रम प्रारम्भ गरिएको बताउनुभयो ।

प्रशस्त पानी हुने खेतमा धानसंगै सजिलै माछा र हाँस पालन गर्न सकिन्छ गिरीले भन्नुभयो। पछिल्लो समय जलवायु परिवर्तन र मौसमका कारण धानको उत्पादनमा असर देखि रहेको अवस्थामा हाँसको मलले धानको उत्पादकत्वमा वृद्धि गर्नुका साथै धाहरुमा आउने झारहरुलाई कम गर्ने हुँदा किसानलाई दोहोरो फाईदा पुग्ने बताउनुभयो । यति मात्र नभई धान खेतमा माछा पौडिदा र यताउता हिडडुल गर्दा अथवा माछाका अन्य क्रियाकलापले गर्दा धानको उत्पादकत्वमा समेत बृद्धी हुने गिरीले बताउनुभयो। माछा,हाँसले धानमा लाग्ने विभिन्न रोग किरा नियन्त्रण गर्नुका साथै विभिन्न प्रजातीका किराहरुको क्रियाकलापमा पनि अवरोध सिर्जना खडा गर्ने हुदा किसानलाई यो लाभदायिक हुने विश्वास ब्यक्त गर्नुभयो ।

यो बर्ष करिब १३ जना किसानको खेतमा माछा र ६ जना कृषकको खेतमा हाँस पालन गर्ने उहाँले बताउनुभयो । परिक्षणको रुपमा यो कार्यक्रम लागु गरिएको र राम्रो हुदै गए किसानहरुको आवश्यकता तथा चाहाना अनुसार आगामी दिनहरुमा यसलाई थप विस्तार गदै लैजाने कार्यालय प्रमुख गिरीको भनाई छ ।

माण्डवी अनलाइन

प्रतिक्रिया दिनुहोस्