सरूमारानीमा एड्भान्स तथा आधारभुत व्युटी पार्लर तालिम सम्पन्न

माण्डवी अनलाइन
माण्डवी अनलाइन १४ असार २०८१, बिहीबार
2 Min Read
Aa

रविन विश्वकर्मा,प्यूठान ।
सरूमारानी गाउँपालिकाले महिला तथा किशोरीहरुलाई आधारभुत व्युटी पार्लर तथा एड्भान्स तालिम दिएको छ । गाउँपालिका भित्रका १२ जना महिलाहरुलाई आधारभुत व्युटी पार्लर तालिम र १० जना महिलाहरुलाई व्युटी पार्लर एड्भान्स तालिम दिइएको महिला विकास शाखा प्रमुख साधना सिंह ठकुरीले जानकारी दिनुभयो । गत बर्ष आधारभुत व्युटी पार्लर तालिम लिएका १० जना महिलाहरुलाई व्युटी पार्लर सम्बन्धी थप एड्भान्स तालिम दिइएको उहाँले जानकारी दिनुभयो । ४५ दिनको लागि आयोजना गरिएको तालिम आज समापन गरिएको छ ।

सिप सिकाई महिलाहरूको सीप विकास र क्षमता विकासमा टेवा पुरयाउदै आत्म निर्भर तथा स्वरोजगार बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नंम्बर ४ का वडा अध्यक्ष चिन्त सोमै मगरले जानकारी दिनुभयो । गाउँपालिकाको २०८०÷ ०८१को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गगत महिलाहरुलाई लक्षित गदै तालिम संञ्चान गरेको बतानुभयो । प्रवक्ता सोमै मगरले सहभागिहरुलाई आज प्रमाणपत्र प्रदान गदै तालिममा सिकेको सिप ब्यवहारमा लागु गर्न आग्रह गनुभयो । गाउँपालिकाले बिभिन्न प्रकारका तालिम प्रदान गरे पनि तालिम पश्चात उपलब्धी न्युन देखिएकाले सिपको सदुपयोग गदै ब्यवसायमा  जोडिन सुझाव दिनुभयो ।

सरूमारानी गाउँपालिका ४ बड्डाडामा संञ्चालन भएको आधारभुत तालिको प्रशिक्षण रेखा पार्लर तथा ट्रेनिङ्ग सेन्टरका रेखा सारुले दिनुभएको थियो । त्यस्तै वडा नंम्बर २ नंम्बर दर्भानमा संञ्चालन भएको एड्भान्स तालिमको प्रशिक्षण सोनिया व्युटी पार्लरका संञ्चालक रिना शाहीले दिनुभएको थियो ।

माण्डवी अनलाइन

प्रतिक्रिया दिनुहोस्