सरुमारानीमा विपन्न तथा जेहन्दार विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री प्रदान

माण्डवी अनलाइन
माण्डवी अनलाइन १४ असार २०८१, बिहीबार
2 Min Read
Aa

रविन विश्वकर्मा,प्यूठान ।
सरुमारानीमा धामी र राउत समुदायका विपन्न तथा जेहन्दार विद्यार्थीहरुलाई पोशाक सहित शैक्षिक सामाग्री वितरण गरिएको छ । धामी राउत उत्थान समितीको आयोजना तथा सरूमारानी गाउँपालिकाको आर्थिक सहयोगमा आज एक कार्यक्रमका बिच विद्यार्थीहरुलाई पोशाक सहित शैक्षिक सामाग्री प्रदान गरिएको हो। पालिकाभित्रका धामी समुदायका १४ जना र राउत समुदायका १२ गरि २६ जना विपन्न तथा जेहन्दार विद्यार्थीहरूलाई झोला,पोशाक,कलम,पेनसिल,क्यालकुलेटर,ज्यामिति बक्स,पानी पिउने बोटल,खाजा टिफिन,नङकटर,काईयो र हातधुने साबुन जस्ता सामाग्रीहरू बितरण गरिएको उत्थान समितिका संयोजक भिम बहादुर राउतले जानकारी दिनुभयो ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नंम्बर ४ का वडा अध्यक्ष चिन्त सोमै मगरले शैक्षिक सामाग्री प्रदान गदै गाउँपालिकाको २०८०/८१ को बार्षिक स्वीकृत कार्यक्रम धामी र राउत उत्थान कार्यक्रम अन्तरगत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको अध्ययनमा थप टेवा पुर्याउने उदेश्यका साथ सामाग्री प्रदान गरेको बताउनुभयो । धामी र राउत समुदाय उत्थान शिर्षकमा विनियोजन गरिएको ७५ हजार रुपैयाँबाट आवश्यक सामाग्रीहरु खरिद गरी प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । शैक्षिक सामाग्रीले विद्यार्थीको शैक्षिक गुणस्तरको साथै पढाइमा थप टेवा पुग्ने प्रवक्ता सोमै मगरले विश्वास ब्यक्त गर्नुभयो । शैक्षिक सामाग्री पाएसंगै विद्यार्थीहरु खुसि भएका छन् ।

धामी राउत उत्थान समितिका संयोजक भिम बहादुर राउतको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नंम्बर ४ का वडा अध्यक्ष चिन्त सोमै मगरको प्रमुख तथा १ नम्बर वडा अध्यक्ष नर बहादुर घर्ती क्षेत्री ,सरस्वती माविका बाङ्गेसालका प्रध्यानाध्यापक भक्त बहादुर मरसाङ्गीको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै वडा सदस्यहरू,महिला विकास समितिका संयोजक सुसिला केएम,मुुस्लिम उत्थान समितिका संयोजक जितमान मिया लगायतको उपस्थिति रहेको थियो ।

माण्डवी अनलाइन

प्रतिक्रिया दिनुहोस्