गौमुखी गाउँपालिकालाई राष्ट्रिय जनमोर्चाको २० बुँदे ज्ञापन पत्र

माण्डवी अनलाइन
माण्डवी अनलाइन ६ असार २०८१, बुधबार
2 Min Read
Aa

माण्डवी अनलाईन ।

राष्ट्रिय जनमोर्चा गौमुखी गाउँ कमिटीले गौमुखी गाउँपालिकालाई ध्यानाकर्षण सहित २० बुँदे ज्ञापन पत्र बुझाएको छ । कमिटीले कार्यवाहक अध्यक्ष वीर बहादुर के.सी.लगायत अन्य पदाधिकारीहरुको उपस्थितिमा पालिकाभित्र रहेका बिभिन्न समस्याहरुलाई समेट्दै गाउँपालिका उपाध्यक्ष महाबीर रानालाई बुधबार आज ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझदै गाउँपालिकाका उपाध्यक्ष महाबीर रानाले गाउँ कमिटीले उठाएका बुदाहरु तथा मागहरु जाहेर र महत्वपूर्ण रहेकाले यसतर्फ गाउँपालिकाले बिशेष ध्यानदिने बताउनुभयो ।

ज्ञापन पत्रमा समावेश बुँदा निम छन् ।

१. वार्डहरुलाई दिएको वजेट सिलिङ बढाउनुपर्ने। वार्डको वजेट निर्धारण गर्दा जनसंख्या र भूगोलको आधारमा निर्धारण गर्नुपर्ने ।

२. कृषिक्षेत्रको उत्पादन वृद्धि र बजारीकरण गर्नुपर्ने ।

३. कृषि र पशु प्रविधिक जनशक्तिलाई सम्वन्धीत क्षेत्रमा परिचालन गर्नुपर्ने ।

४. कृषि एम्बुलेन्स र सरकारी सवारी साधनको समुचित प्रयोग गर्नुपर्ने ।

५.निर्माणाधीन सिचाईकुलोहरु सम्पन्न गर्नुको साथै थप सिँचाइको व्यवस्था गर्नुपर्ने ।

६. कृषि क्षेत्रको यान्त्रिकीकरण र व्यवसायिककरण गर्नुपर्ने ।

७. फलफूल तथा नगदेबाली विस्तार गर्नुपर्ने ।

८. विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र शिक्षा शाखाको सबलीकरणमा जोड ।

९. बढ्दो चालू खर्च घटाई विकास बजेट वृद्धि गर्नुपर्ने ।

१०. खरिद प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाइनु पर्ने ।

११. गाउँपालिकाको नौ करोड भन्दा बढी बेरुजु रकम फर्छ्यौट गर्नुपर्ने ।

१२. गाउँपालिकाद्वारा पूर्व घोषित प्राविधिक उच्चशिक्षा अध्ययन गर्ने बिद्यार्थीहरूलाई छात्रवृत्ती कार्यान्वयन गर्नुपर्ने ।

१३.  एक घर एक खानेपानी धाराको नीतिको कार्यान्वयन गर्नुपर्ने।
१४.  गौंथले, नरिकोट, बुक्तीचौर, पासबाङ, निन्युरुख लगायतका अधूरा खानेपानी आयोजना सम्पन्न गर्नुपर्ने ।

१५. गौमुखी, नाङ्गी लगायतका पर्यटकिय क्षेत्रको समुचित बिकास ।

१६. निर्माणाधीन संरचना र पूर्वाधारको गुणस्तरमा उचित ध्यान दिनुपर्ने ।

१७.  जनतालाई स्तरिय स्वास्थ्यसेवा प्रदान गर्न एमबिबिएस डाक्टरको सिघ्र व्यवस्था गर्नुपर्ने ।

१८. नियमित सार्वजिक सुनुवाई र सुशासन कायम गर्नुपर्ने ।

२०. सार्वजनिक सवारी साधनको भाडादर चर्को भएकोमा स्वीकृत भाडादर लागू गर्नु पर्ने ।

 

माण्डवी अनलाइन

प्रतिक्रिया दिनुहोस्