प्यूठानमा बार्षिक साढे तिन हजार मेट्रिकटन दुध अपुग

माण्डवी अनलाइन
माण्डवी अनलाइन १९ जेष्ठ २०८१, शनिबार
1 Min Read
Aa

प्यूठानमा बार्षिक ३ हजार १६ मेट्रिकटन दुध अपुग हुने गरेको पाइएको छ । एकिकृत कृषि तथा पशुपंक्षी बिकास कार्यालय प्यूठानको तथ्यांक अनुसार बार्षिक २१ हजार ६९ मेट्रिकटन दुध आबश्यक हुने गरेकोमा प्यूठान जिल्लामा १८ हजार ५३ मेट्रिकटन मात्रै दुध उत्पादन हुने गरेको एकिकृत कृषि तथा पशुपंक्षी बिकास कार्यालय प्यूठानले जनाएको छ ।
बिश्व दुग्ध दिबशको अवसरमा खलंगामा भएको कार्यक्रममा कार्यालयले प्रस्तुत गरेको तथ्यांक अनुसार जिल्लामा अहिलेपनि एक हजार देखी १ हजार पाचसय मेट्रिकटन दुध बाहिरी जिल्लाबाट आउने गरेको कार्यालयका निमित्त प्रमुख उमेश श्रेष्ठले जानकारी दिनुभयो ।
राष्ट्रिय तथ्यांक अनुसार प्रतिब्यक्ति बार्षिक ९१ लिटर दुध आबश्यक पर्ने भएपनि प्यूठानमा ७७.९७ लिटर मात्रै दुध आम सर्वसाधारणले पाउने गरेका छन् । देशैभरको तथ्यांकमा ७२ लिटर मात्रै दुध प्रतिब्यक्तिले पाउने गरेपनि प्यूठानमा राष्ट्रिय तथ्यांक भन्दा धेरै दुध आम सर्वसाधारणमा पहुचमा रहेको पाइएको छ । आर्थिक बर्ष २०७९/०८० को तथ्यांकका आधारमा जिल्लामा अफ सिजनमा दुधको अभाव हुने गरेको पाइएको हो ।

माण्डवी अनलाइन

प्रतिक्रिया दिनुहोस्