एमाले प्यूठानको अध्यक्षमा आधा दर्जन नेताको आकांक्षा

माण्डवी अनलाइन
माण्डवी अनलाइन १९ जेष्ठ २०८१, शनिबार
1 Min Read
Aa

सागर रिजाल

नेकपा एमाले प्यूठानको नयाँ नेतृत्व चयनमा कडा टक्कर हुने देखिएको छ । हालसम्म जिल्ला अध्यक्ष हुन ४ जनाले इच्छा जनाएका छन् । बर्तमान अध्यक्ष बिजय बिराज बिष्ट, नेकपा एमाले लुम्वीनी प्रदेश कमिटी सदश्य मधुर शर्मा, नेकपा एमाले झिमरुक गाउँपालिका अध्यक्ष इन्द्रमणि पोख्रेल र अजय शिंहले अध्यक्षको दावेदारी प्रस्तुत गरेको एमाले प्यूठानले जनाएको छ । १० औं जिल्ला अधिबेशनमा सर्वसहमत नेतृत्व चयनको प्रयास भैरहेको र अहिलेसम्म सहमती भै नसकेको नेकपा एमाले प्यूठानका अध्यक्ष बिजय बिराज बिष्टले बताउनु भयो । निरन्तर छलफल भैरहेको छ । सर्वसहमतको प्रयास भैरहेको र आकाक्षीसंगपनि छलफल भैरहेको बताउनु भयो ।

भोली आइतबार एमाले प्यूठानको १० औं अधिबेशनको नेकपा एमालेका महासचिव शंकर प्रोख्रेलले उद्घाटन गर्ने कार्यतालिका छ । पर्सि शोमबार बन्दशत्र हुने र त्यहाँबाट नयाँ नेतृत्व चयन गरिने छ ।

माण्डवी अनलाइन

प्रतिक्रिया दिनुहोस्