एमाले प्यूठानको १० औं जिल्ला अबिधेशन आईतबार

माण्डवी अनलाइन
माण्डवी अनलाइन १९ जेष्ठ २०८१, शनिबार
1 Min Read
Aa

नेकपा एमाले प्यूठानले भोली हुने १० औं जिल्ला अधिबेशनको सबै तयारी पुरा भएको जनाएको छ । भोली आईतबार जुम्रिमा हुने उद्घाटन शत्रलाई नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमाले प्यूठानका अध्यक्ष बिजय बिराज बिष्टले जानकारी दिनुभयो । आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन गर्ने महाधिबेशको रौनक तल्लो तहसम्मका कार्यक्रतासम्म लागेको एमाले प्यूठानले जनाएको छ ।
आइतबार र सोमबार हुने कार्यक्रमबाट आगामी तिन बर्षका लागी नेकपा एमाले प्यूठानको नयाँ नेतृत्व चयन हुने छ । भोली उद्घाटन शत्र र पर्सी शोमबार बन्दशत्र तथा नयाँ नेतृत्व चयनको कार्यतालिका छ ।

यसैबिच नेकपा एमाले प्यूठानको नयाँ नेतृत्व चयनमा कडा टक्कर हुने देखिएको छ । हालसम्म जिल्ला अध्यक्ष हुन ४ जनाले आकाक्षा देखाएका छन् । बर्तमान अध्यक्ष बिजय बिराज बिष्ट, नेकपा एमाले लुम्वीनी प्रदेश कमिटी सदश्य मधुर शर्मा, नेकपा एमाले झिमरुक गाउँपालिका अध्यक्ष इन्द्रमणि पोख्रेल र अजय शिंहले अध्यक्षको दावेदारी प्रस्तुत गरेका छन् । १० औं जिल्ला अधिबेशनमा सर्वसहमत नेतृत्व चयनको प्रयास भएपनि आकाक्षी धेरैहुदा पार्टिलाई भागबण्डा मिलाउन भने सकस हुने देखिएको छ ।

माण्डवी अनलाइन

प्रतिक्रिया दिनुहोस्