ऐरावतीमा लघुउद्यमीका लागि अचार बनाउने पुर्नताजगी तालिम सम्पन्न

माण्डवी अनलाइन
माण्डवी अनलाइन ५ जेष्ठ २०८१, शनिबार
2 Min Read
Aa

सागर रिजाल प्यूठान ।
ऐरावती गाउँपालिका वडा नं ५ मा लघुउद्यमीहरुका लागि संञ्चालन गरिएको अचार बनाउने पुर्नताजगी तालिम अाज सम्पन्न भएको छ । ऐरावती गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्र्तगत लघुउद्यमीहरुलाई स्तरउन्नती गर्ने उदेश्यले आर्थिक वर्ष २०७९।०८० मा सिर्जना भएका लघुउद्यमीहरुलाई अचार बनाउने पुर्नताजगी तालिम संचालन गरिएको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमका फोकल पर्सन विनोद कुमार त्रिपाठीले जानकारी दिनुभयो ।

तालिम समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष चन्द्र राेका मगरले लघु उद्यम सिर्जना गर्नका लागि सहयोग गर्दै आएको बताउनुभयो । लघुउद्यमीहरुले वडा,पालिका एवं राष्ट्रलाईनै टेवा पुग्ने गरि उद्यम व्यवसाय संचालन गरी बस्तु तथा सेवा उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । साथै आगामी दिनमा स्थानिय श्रोत साधनको समुचित प्रयोग गरी अर्गानिक उत्पादनमा बृद्धि गरी आयआर्जन गर्नका लागि ध्यान दिन समेत अध्यक्ष राेका मगरले आग्रह गर्नुभयो ।

तालिमले बस्तु तथा सेवा उत्पादनमा थप टेवा पुग्ने बताउनुभयो । तालिममा सिकेको ज्ञान,सिप, तथा क्षमतालाई सदुपयोग गदै ब्यवसायलाई निरन्त रुपमा अगाडि बढाउन अनुराेध गर्नुभयो । उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरणको लागि वडाले आवश्यक सहयोग,समन्वय, तथा सहकार्य गर्ने अध्यक्ष राेका मगरकाे भनाइ छ ।

तालिममा ९ जना लघुउद्यमीहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षण चन्द्रावती थारुले दिनुभएको थियो । तालिम अवधिभर सहभागिहरुलाई अदुवा,लसुन,टिमुरको थोक,मेथीको थोक,खुसानीको अचार बनाउन सिकाएको प्रशिक्षक चन्द्रावती थारुले जानकारी दिनुभयो ।

 

यस आर्थिक वर्षमा नयाँ उद्यमी सिर्जना तर्फ वडा नं २ मा २५ जना लघुउद्यमीहरुलाई उद्यमशिलता तालिम सम्पन्न गरिएको, ८ जनालाई कुखुरा पालन तालिम आयोजा गरिएकाले भोलि समापन गर्ने लघुउद्यम विकास कार्यक्रम फोकल पर्सन त्रिपाठीले बताउनुभयो । साथै १३ जनालाई भोलि देखि बुटिक तालिम, संञचालन गर्ने र अन्यलाई खुद्रा पसलका लागि आवश्यक सामाग्रीहरु सहयोग गरिने समेत उहाँले बताउनुभयो ।

वडा अध्यक्ष चन्द्र राेका गरकाे अध्यक्षतामा भएकाे  कार्यक्रमकाे संञ्चालन लघुउद्यम विकास सहजकर्ता धना रोका मगरले गर्नुभएको थियो ।

 

माण्डवी अनलाइन

प्रतिक्रिया दिनुहोस्