राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्यूठानको दोस्रो अधिवेशनको समिक्षा

माण्डवी अनलाइन
माण्डवी अनलाइन २२ बैशाख २०८१, शनिबार
2 Min Read
Aa

रविन विश्वकर्मा,प्यूठान । 
राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा प्यूठानले दोस्रो अधिवेशनको समिक्षा तथा छलफल सम्पन्न गरेको छ । वैशाख १५ गते जुम्रीमा सम्पन्न भएको संघको चौंथो साधारणसभा तथा दोस्रो अधिवेशनको बिषयमा आज समिक्षा तथा छलफल गरेको हो । जुम्रीमा बसेको नयाँ कार्य समितिको दोस्रो बैठकले समिक्षा, छलफल गदै बिभिन्न निर्णयहरु समेत गरेको छ । अधिवेशन सम्पन्न गर्दा भएका कमिकमजोरीहरुलाई सुधार गदै आगामी दिनहरुमा संघलाई थप मर्यादित एव्म ब्यवस्थित रुपमा अगाडि बढाउने निर्णय सहित आजको समिक्षात्मक बैठकबाट निष्कर्ष निकालिएको राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा प्यूठानले जनाएको छ ।

बैठकले संघको चौंथो साधारणसभा तथा दोस्रो अधिवेश भब्य एवंम सभ्य रुपमा सम्पन्न गर्न महत्वपुर्ण सहयोग तथा योगदान पु¥याउने जिल्ला स्थित सबै स्थानिय तह, सरकारी तथा गैर सरकारी कार्यालय,बिभिन्न संघसंस्था,राजनैतिक दल,संञ्चार माध्यम,मानव स्वास्थ्य संग जोडिएको अत्यन्तै संवेदनशिल बिषय रक्तदान कार्यक्रममा सहभागि भैइ रक्तदान गर्ने सम्पूर्ण रक्तदाता लगायत सबैमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । यस्तै संघको आर्थिक ब्यवस्थापन,खाता संञ्चालन परिवर्तन गर्ने लगायतका अन्य महत्वपुर्ण बिषयमा निर्णय गरिएको संघका अध्यक्ष कमल बिकले जानकारी दिनुभयो । साथै जिल्लामा पत्रकारिता मार्फत दलितका सवाल,मुद्धा,तथा बिषयहरुमा अझै केन्द्रित भएर सशक्त माध्यमबाट उठान गर्ने, दलितको पहिचान,संस्कृति कला, सिपहरुलाई संरक्षण एवंम प्रवर्धन गर्ने निर्णय गरिएको बताउनुभयो ।

बैठकको समापन गदै अध्यक्ष बिकले अधिवेशनमा दलित समुदायद्धारा निर्मित प्रर्दशनीमा राखिएका प्यूठानको पहिचान बाघमुखे चुलेसी, सारङ्गी,मादल बाजा लगाएतका अन्य सामाग्रीले अधिवेशनलाई थप महत्वपूर्ण बनाउन सहयोग पु¥याएको बताउनुभयो । बिकले संञ्चार माध्यममा दलित पत्रकारहरुको सहभागिता बढाउन तथा उनीरुहको क्षमता बिकास अभिवृद्धि गर्न जिल्लाका बिभिन्न संघ संस्थाहरुसंग समन्वय तथा सहकार्य गदै तालिम तथा कार्यक्रमहरु संञ्चालन गर्न पहल गर्ने बताउनुभयो । संघका अध्यक्ष कमल बिकको अध्यक्षतमा भएको बैठकमा संघका निवर्तमान अध्यक्ष लोकेन्द्र सुनार,सल्लाकार,कार्य समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

माण्डवी अनलाइन

प्रतिक्रिया दिनुहोस्