भुवनेश्वरी माबि खैरामा नेविसंघको ३५ सदस्यीय मुल ईकाइ कमिटी गठन

माण्डवी अनलाइन
माण्डवी अनलाइन ९ फाल्गुन २०८०, बुधबार
1 Min Read
Aa

भिमकला कुँवर,प्यूठान ।
प्युठान नगरपालिका १ स्थित भुवनेश्वरी माबि खैरामा नेविसंघको मावि मुल ईकाइ कमिटी गठन गरिएको छ । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति प्युठानको आयोजनामा विद्यार्थी जागरण अभियान तथा संगठन बिस्तार कार्यक्रम अन्तर्गत बुधबार इकाइ कमिटि गठन गरिएको हो । जीवन खड्काको अध्यक्षतामा ३५ सदस्यीय इकाइ कमिटि गठन गरिएको छ । जसको उपाध्यक्षमा नविना बस्नेत,सुजल खड्का रहनु भएको छ । त्यस्तै सचिपमा,खिमा घर्ति मगर,सह सचिब,करिना जिसी,कोषाध्यक्ष सुस्मिता सापकोटा लगायत अन्य सदस्यहरु रहनुभएको छ।

नेबिसंघ जिल्ला अध्यक्ष कल्याण बिक्रम केसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सह सचिब भुपेन्द्र केसी,प्युठान नगर सभापति मिनराज सबेदीको लगायतको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा गुणस्तरीय शिक्षा हाम्रो दायित्व भ्रष्टाचार नियन्त्रण्मा विद्यार्थीको भुमिका बिषयमा बिद्यार्थीहरुलाई प्रक्षिण दिएको अध्यक्ष कल्याण बिक्रम केसीले जानकारी दिनुभयो ।

माण्डवी अनलाइन

प्रतिक्रिया दिनुहोस्