ऐरावती गाउँपालिकाद्धारा खेलाडीलाई सम्मान

माण्डवी अनलाइन
माण्डवी अनलाइन ४ फाल्गुन २०८०, शुक्रबार
1 Min Read
Aa

(बरौला प्यूठान)
ऐरावती गाउँपालिकाले खेलाडीहरुलाई सम्मान गरेको छ । १३ औं राष्ट्रपति रनिंगशिल्ड प्रतियोगितामा सहभागी भई बिजयी खेलाडीहरुलाई गाउँपालिकाले सम्मान गरेको हो । गाउँपालिको १३ औं राष्ट्रपति रनिंगशिल्डमा ऐरावती गाउँपालिकाको तर्फबाट सहभागी जनाई बिजयी खेलाडीहरुलाई मेडल, प्रमाणपत्र तथा नगद सहित सम्मान गरिएको हो ।

ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाह, प्रमुख प्रशासकिय अधिकृत हिमलाल बिश्वकर्मा, शिक्षा शाखा प्रमुख यमप्रसाद पाण्डे लगाएतले खेलाडीहरुलाई मेडल प्रमाणपत्र सहित सम्मान गर्नुभयो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शाहले खेल क्षेत्रमा गाउँपालिकाले बिभिन्न कार्यक्रमहरु गर्दै आईरहेको बताउनु भयो । पालिकास्तरको खेलमैदान निर्माण भैरहेको, अन्य खेल पुर्वाधार निर्माणमा गाउँपालिकाले बजेट बिनियोजन गर्ने गरेको र खेलाडीको प्रोत्साहनका लागी बिभिन्न प्रतियोगीताहरु समेत गर्ने गरिएको बताउनु भयो ।

प्रतियोगीतामा सहभागी खेलाडीलाई आगामी दिनमा अझै निखारिएको प्रदर्शन गर्न आग्रह गनुभयो । १३ औं राष्ट्रपति रनिंगशिल्ड प्रतियोगितामा ऐरावती गाउँपालिकाले ११ बिधा मध्ये १३ पदक प्राप्त गरेको थियो । प्रतियोगीतामा सहभागी भएका १७ जना खेलाडीलाई आज सम्मान गरिएको हो । प्रतियोगितामा ऐरावती गाउँपालिकाले ६ रजत र ७ कास्य पदक जितेको थियो ।

माण्डवी अनलाइन

प्रतिक्रिया दिनुहोस्