१३ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

माण्डवी अनलाइन
माण्डवी अनलाइन २५ माघ २०८०, बिहीबार
1 Min Read
Aa

माण्डवी अनलाइन,

प्यूठानमा १३ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । गणतान्त्रिक खेल मैदान बिजुवारमा आज लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा) ले उद्घाटन गर्नुभएको हो ।

प्रतियोगिताको उद्घाटन कार्यक्र्रममा बोल्दै मन्त्री थापाले कार्यक्रम सञ्चालन लगायतका बिषय अव्यवस्थित र भद्रगोल भएको भन्दै खेल व्यवस्थित बनाउन सुझाब दिनुभएको छ।

सम्पुर्ण खेलाडिहरुलाई शुभकामना दिनुभएको छ। जिल्ला खेलकुद विकास समिति प्यूठानको आयोजनामा भएको प्रतियोगितामा ९ वटै स्थानिय तहका विद्यालयका विद्यार्थीहरुले भाग लिएका छन । २५ गतेदेखि सुरु भएको प्रतियोगिता २७ गतेसम्म संचालन हुने छ।

माण्डवी अनलाइन

प्रतिक्रिया दिनुहोस्