नौबहिनीमा ८ वटै वडाका कृषकलाई व्यवसायिक तरकारी खेती सम्बन्धि स्थलगत तालिम

माण्डवी अनलाइन
माण्डवी अनलाइन २२ माघ २०८०, सोमबार
1 Min Read
Aa

रविन विश्वकर्मा,प्युठान ।
प्युठानको नौबहिनी गाउँपालिकाले ८ वटै वडाका कृषकलाई व्यवसायिक तरकारी खेती सम्बन्धि स्थलगत तालिम दिएको छ । गाउँपालिकाले माघ १४ गते २१ गतेसम्म प्रत्येक वडामा तालिमको आयोजना गरि वडा तथा बस्ती स्तरमा पुगेर १ दिने स्थलगत तालिम दिएको हो । ब्यवसायीक तरकारी खेतीमा कृषकको आकर्षण बढाउदै आत्मनिर्भर बनाउन तथा मौसमी एवम् बेमौसमी तरकारी खेतीलाई जोड दिन तालिमको आयोजना गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष बिकले बताउनुभयो ।

तालिम अवधिभर कृषि प्राविधिक मार्फत कृषकको खेतबारी पुगी मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने तरिका,नर्सरी स्थापना,नर्सरी ब्यवस्थापन,कम्पोष्ट मल बनाउने,तरकारीमा देखिने बिभन्न प्रकारमा रोग,किरा नियन्त्रण लगाएतका महत्त्वपूर्ण बिषयमा प्रयाेगात्मक एवम् शैद्वान्तिक रुपमा जानकारी दिएको उहाँले बताउनुभयो ।गाउँघरमै तालिम पाएपछि स्थानीय कृषक खुसी भएका छन् ।

माण्डवी अनलाइन

प्रतिक्रिया दिनुहोस्