दाङ्गवाङ्ग मावीको बिद्यालय भवन बनाउन ऐरावती गाउँपालिका र भारतिय दुतावासका बिचमा सम्झौता

माण्डवी अनलाइन
माण्डवी अनलाइन १९ माघ २०८०, शुक्रबार
1 Min Read
Aa

भारतिय दुतावासको सहयोगमा ऐरावती गाउँपालिकाको वडा नं १ मा बिद्यालय भवन निर्माण हुने भएको छ । ऐरावती गाउँपालिका वडा नं–१ मा रहेको दाङ्गवाङ्ग मा.वी. अमिलीको बिद्यालय भवन निर्माण गर्न बिहिबार गाउँपालिका र भारतिय दुताबासका बिचमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । दुताबासको ८० प्रतिशत र गाउँपालिकाको २० प्रतिशत लागतमा बिद्यालय भवन तथा छात्रावास भवन निर्माण गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले जानकारी दिनुभयो ।
आज भारतिय दुतावासका प्रतिनिधि, ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाह, प्रमुख प्रशासकिय अधिकृत हिमलाल बिश्वकर्मा, वडा नं १ का वडा अध्यक्ष अमर रेस्मी मगर, तथा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि बिचमा त्रिपक्षिय सम्झौता भएको हो । ऐरावती गाउँपालिकाको बिकट गाउँ मानिने दाङ्गबाङ्गमा सुविधा सम्पन्न बिद्यालय भवन तथा छात्रावास निर्माण भए त्यस क्षेत्रको शिक्षा सुधारमा टेवा पुग्ने आसा गरिएको छ ।
निकट भविश्यमै कक्षा ११, १२ सञ्चालन गर्नेगरी तयारी थालेको गाउँपालिकाले त्यस क्षेत्रका बिद्यार्थीका लागी सहज हुने पनि आशा गरेको छ । लागत शहभागीतामा काम सुरु हुन लागेको गाउँपालिका अध्यक्ष शाहले बताउनु भयो ।

माण्डवी अनलाइन

प्रतिक्रिया दिनुहोस्