अनाधिकृत संरचनामा प्यूठान नगरपालिकाको डोजर (अडियो सहित)

माण्डवी अनलाइन
माण्डवी अनलाइन २४ पुष २०८०, मंगलवार
1 Min Read
Aa

प्यूठान नगरपालिका ८ बाग्दुलामा प्यूठान नगरपालिकाले डोजर चलाएको छ । बाग्दुला, बहाने सडक खण्ड अन्तर्गत बाग्दुला उपल्लो चोकको पुरानो बाटोलाई अतिक्रमण गरी राखिएका सामान हटाउदै सडकलाई चौडा बनाईएको हो । प्यूठान नगरपालिका वडा नं ८ ले पटक पटक सडकको क्षेत्र छाडेर मात्रै काम गर्न आग्रह गरेपनि स्थानियले अटेर गरेपछि आज नगरपालिकाका मेयर उपमेयर, वडा अध्यक्ष सहितको टोली डोजर लगेर बाग्दुला पुगेको थियो । नगरपालिकाको टोलीले उक्त क्षेत्रमा अनाधिकृत रुपमा सडक क्षेत्र मिचेर बनाईएका संरचना हटाएको प्यूठान नगरपालिकाका उपप्रमुख देबेन्द्र बर्माले जानकारी दिनुभयो ।

प्यूठान नगरपालिकाका उपप्रमुख देबेन्द्र बर्मासंगको कुराकानी ।

कनि डोजर चलाउनु पर्याे । (अडियो )

 

माण्डवी अनलाइन

प्रतिक्रिया दिनुहोस्