ऐरावती गाउँपालिकाको चालु आ.व.को ६ महिनामा बित्तिय प्रगती १६ प्रतिशत

माण्डवी अनलाइन
माण्डवी अनलाइन १७ पुष २०८०, मंगलवार
1 Min Read
Aa

(बरौला प्यूठान)

चालु आर्थिक बर्षको ६ महिनामा ऐरावती गाउँपालिकामा १६.१४ प्रतिशत बजेट खर्च भएको छ । सोमबार भएको गाउँपालिकाको १४ औं गाउँ शभामा गाउँपालिकाको चालु आ.वको प्रगती प्रतिबेदन प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिमलाल बिश्वकर्माले बितेको ६ महिनामा गाउँपालिकाको बित्तिय प्रगती १६.१४ प्रतिशत रहेको बताउनृु भयो ।

योजना निर्माणको चरणमा रहेको बताउदै प्रमुख प्रशासकिय अधिकृत बिश्वकर्माले गाउँपालिका भित्रका अधिकांश योजनाको सम्झौता भएर काम अघि बढेको बताउनु भयो । चालु आर्थिक बर्षको ६ महिनाको अबधीमा ३ वटा ठुला योजनाहरुको ठेक्का सम्झौता भैसकेको छ । सडक मर्मत नियमित भैरहेको, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागी योजना छनोट गरिएको, दांगबाग मावी अमिलीको बिद्यालय भवनका लागी भारतिय राजदुतावासमा पहल गरिएको तथा गाउँपालिका स्तरिय १५ शैया अस्पतालको निर्माणको काम भैरहेको जानकारी गराउनु भयो । गाउँपालिका मार्फत हुने अधिकाशं कामहरु सुरु भैसकेको र केहि महिनामै ति कामले पुर्णता पाउने प्रमुख प्रशासकिय अधिकृत बिश्वकर्माले बताउनु भयो । चालु आ.व. को अन्तिममा गाउँपालिकाको बित्तिय प्रगती ८० प्रतिशत बढि हुनेगरी काम भैरहेको समेत बताउनु भयो ।

माण्डवी अनलाइन

प्रतिक्रिया दिनुहोस्