ऐरावती गाउँपालिकाको १४ औं गाउँशभाबाट दुईवटा ऐन पारित

माण्डवी अनलाइन
माण्डवी अनलाइन १६ पुष २०८०, सोमबार
1 Min Read
Aa

(बरौला प्यूठान)

ऐरावती गाउँपालिकाको दुईवटा ऐन पारित गरेको छ । आज भएको १४ औं गाउँशभाले दुईवटा ऐन पारित गरेको हो । गाउँशभाबाट खानेपानी तथा सरसफाई र स्वच्छता सम्वन्धी ऐन र स्थानिय मदिरा तथा पेय पदार्थ ब्यवस्थापन गर्न बनेको ऐन पारित भएको गाउँपालिकाले जनाएको छ ।
ऐन पारित भएसंगै अब गाउँपालिका भित्र उत्पादन हुने मदिरालाई प्रविधीमैत्री बनाउदै सर्वसाधारणको स्वास्थ्यमा असर नपर्ने गरी गुणस्तरिय रुपमा मदिराको उत्पादन, बिक्रि बितरण, ब्यवस्थापन र निकासी पैठारी गर्नुपर्ने छ । घरेलु मदिराको ब्यवस्थापनसंगै स्थानिय तहको आन्तरिक आम्दानीको श्रोतको रुपमा समेत यसलाई जोडिने गाउँपालिकाले जनाएको छ ।
ऐन पारित भएसंगै अब गाउँपालिका भित्र मदिरा उत्पादन गर्न अनुमतीपत्र लिनुपर्ने, र बिक्रि बितरणका लागी पनि अनुमती लिनुपर्ने ब्यवस्था गरेको हो ।
यस्तै स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवामा पहुँच प्राप्त गर्ने नागरिकको मौलिक अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गर्न खानेपानी तथा सरसफाई र स्वच्छता सम्वन्धी ऐन पारित भएको छ । अब गाउँपालिकाभित्र मुहानको संरक्षण, पानीको सहज ब्यवस्थापनमा थप टेवा पुग्ने गाउँपालिका अध्यक्ष शाहले बताउनु भयो ।

माण्डवी अनलाइन

प्रतिक्रिया दिनुहोस्