झिमरुक गाउँपालिकामा आत्महत्या न्युनिकरणका लागि सामुदायिक अंकपत्र कार्यक्रमको समीक्षा

माण्डवी अनलाइन
माण्डवी अनलाइन ६ पुष २०८०, शुक्रबार
3 Min Read
Aa

रबिन बिश्वकर्मा, पुष ६ प्युठान ।
प्युठानको झिमरुक गाउँपालिकामा आत्महत्या न्युनिकरणका लागि सामुदायिक अंकपत्र कार्यक्रमको समिक्षा गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत झिमरुक गाउँपालिकामा संचालित अंकपत्र कार्यक्रमको आज समिक्षा गरिएको हो । सहकर्मी समाज नेपालको आयोजना, इन्टरनेशनल अलर्टको सहयोग तथा झिमरुक गाउँपालिका र नेपाल प्रहरीको सहकार्यमा कार्यक्रम गरिएको हो । समुदायमा हुने आत्महत्या, बाल विवाह, लैंगिक हिंसा, घरेलु हिंसा लगाएतका अपराधीक गतिविधिका बिषयमा समुदाय स्तरमा सचेतना जगाइ अपराध न्युनिकरण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको सहकर्मी समाज नेपालका कार्यक्रम अधिकृत पुनाराम पन्थीले बताउनुभयो ।
आत्महत्या, लागू पदार्थ दुर्व्यसनी, लैंगिक हिंसा, घरेलु हिंसा, बाल विवाह लगाएत हिंसा विरुद्ध प्युठान, दाङ, कपिलवस्तु, रुपन्देही, सुर्खेत र दैलेख जिल्लामा सचेतना कार्यक्रम गर्दै आएको बताउनुभयो । अन्य जिल्लाहरुमा पनि कार्यक्रम संञ्चालन गर्ने योजना रहेको पन्थीले जानकारी दिनुभयो ।


कार्यक्रममा ईलाका प्रहरी कार्यालय विजुवारका असई रामवचन चौधरी र अस्थायी प्रहरी पोष्ट बाग्दुलाका ईन्चार्ज एकराज खड्काले कार्यपत्र प्रस्तुत गर्दै आत्महत्याको कारण, उपाय, समस्या तथा चुनौती लगाएका अन्य अपराधीक गतिविधिको बिषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानको तथ्यांक अनुसार प्यूठान जिल्लामा विभिन्न कारणले बार्षिक डेढ सय बढिले आत्महत्या गर्ने गरेको तथ्यांक सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा बोल्दै झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले आत्महत्या लगाएतका अन्य हिंसाहरु न्युनिकरण गर्न सचेतना आवश्यक रहेको बताउनुभयो । चेतना अभावका कारण समुदायमा बाल विवाह, लैंगिक हिंसा, घरेलु हिंसा लगाएतका घटनाहरु दिनदिनै बढ्दै गएको उल्लेख गर्दै उहाले यसलाई रोक्न समुदाय नै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष क्षेत्रीले पालिकाभित्र आत्महत्या लगाएतका हिंसाहरु रोक्न समुदाय स्तरमा अभिमुखिकरण, तालिम, बैठक, गोष्ठि, लगाएका कार्यक्रम संञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।


त्यस्तै गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेले शैक्षिक संस्था मार्फत बस्तीस्तरमा जनचेतना फैलाउन सके हिंसा न्युनिकरण गर्न सकिने बताउनुभयो। ग्रामीण क्षेत्रमा हिंसा बढि रहेकाले हरेक बिद्यालयसंग सहकार्य गर्दै शिक्षक र बिद्यार्थीलाई अभिमुखिकरण गरी कार्यक्रमलाई अगाडि बढाउन सके हिंसा न्युनिकरण अझै प्रभावकारी हुने उहाको भनाई थियो । उपाध्यक्ष पोख्रेले जिल्लाका सबै स्थानीय तहहरुमा यो कार्यक्रम लागू गर्न आयोजक संस्थालाई आग्रह समेत गर्नुभयो ।
सहकर्मी समाज नेपालका कार्यक्रम अधिकृत पन्थीको अध्यक्षतासंगै सुरु भएको कार्यक्रममा झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष प्रमोद पोख्रेलको बिशिष्ट आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा वडा अध्यक्ष, ईलाका प्रहरी कार्यालय मच्छिका ईन्चार्ज गंगाधर केसी, कर्मचारीहरु,सरोकारवाला निकाय,स्थानिय लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको संञ्चालन अस्थायी प्रहरी पोष्ट बाग्दुलाका ईन्चार्ज एकराज खड्काले गर्नुभएको थियो । वि।सं।२०५३ सालमा स्थापना भएको सहकर्मी समाज नेपालले पश्चिम नेपालका १५ बढि जिल्लामा मानव अधिकार,जिविकोपार्जन सुधार,सामाजिक सशक्तीकरण, महिला सशक्तीकरण, सिमान्तकृत सुमुदायको क्षमता विकास लगाएतका क्षेत्रमा काम गर्दै आएको छ ।

माण्डवी अनलाइन

प्रतिक्रिया दिनुहोस्