मानब बेचबिखन बिरुद्धको दिबश प्यूठानमा पनि मनाईयो

माण्डवी अनलाइन
माण्डवी अनलाइन २० भाद्र २०८०, बुधबार
1 Min Read
Aa

खलंगा । पछिल्लो समय बैदेशिक रोजगारीको प्रलोभनमा पारेर मानब तस्करी हुने गरेको कार्यक्रममा बोल्नेबत्ताहरुले बताएका छन् ।

मानब बेचबिखन तथा ओसारपोसार बिरुद्धको दिबशको अवसरमा प्युठानमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले अहिले मानव बेचबिखनको स्वरुप र माध्यम फेरिएको बताएका हुन् ।

मानब बेचबिखन तथा ओसारपोसार बिरुद्धको १७ औं दिबशको अवसरमा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला समन्वय समिती प्रमुख धरम बहादुर जि.सीले मानव तस्करी पहाडी जिल्लामा तथ्याकंमा कम भएपनि त्यसको संजाल भने गाउँ गाँउसम्म भएको बताउनु भयो ।

गाउँबाट देशभित्रै र देशबाहिर महिला पुरुषहरुलाई प्रलोभनमा पारेर लैजाने प्रवृति रहेको उहाको भनाई थियो । यस्तै प्यूठान क्याम्पस प्रमुख कल्पना खड्काले मानव तस्करको प्रकृती फेरीएको भन्दै जनचेतना फैलाउने कार्यक्रमहरु स्थानिय तहहरुले गाउँ गाउँमागगर्न आबश्यक रहेको बताउनु भयो ।

जनचेतनाकै माध्यमबाट जनतालाई सुसुचित गराउन सकिने भन्दै बिद्यालय र क्याम्पसहरुमा यस्ता सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाको भनाई थियो । प्रमुख जिल्ला अधिकारी मदन कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरोकारवालाहरुले आआफ्नो भनाई राखेका थिए ।

यस्तै प्यूठान जिल्लामा पछिल्ला तिन बर्षमा एकजना मात्रै मानव तस्करीको मुद्धामा पक्राउ परेको जिलला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । यसै बर्ष एकजनालाई मानब तस्करीको मुद्धामा पक्राउ गरिएको प्रहरीको भनाई छ ।

माण्डवी अनलाइन

प्रतिक्रिया दिनुहोस्