हरितालिका तिजको अवसरमा चुजाठाटीमा तिजगित प्रतियोगीता

माण्डवी अनलाइन
माण्डवी अनलाइन २० भाद्र २०८०, बुधबार
1 Min Read
Aa

शम्सेरबिक्रम
चुजाठाँटी । महिलाहरुको महान चाड तिजको अवसर पारेर आज चुजाठाटीमा खुल्ला तिजगित प्रतियोगीता सम्पन्न भएको छ ।

चुजाठाटी महिला समुहको आयोजनामा भएको तिजगित प्रतियोगीतामा जनजागृती आमा समुह सिउते प्रथम, जाल्पा लघुबित्त महिला समुह भुमिकास्थान नगरपालिका १ राजिमे द्धितिय, मेलमिलाप महिला समुह चुजाखर्क तृतिय भएका छन् ।

प्रतियोगीतामा प्रथम, द्धितिय र तृतिय हुने समुहलाई क्रमश पाच हजार, चार हजार र तिन हजार रुपैया पुरस्कार प्रदान गरिएको छ । अन्य सहभागी ४ समुहलाई भने दुई/दुई हजारका दरले सान्तवना पुरस्कार उपलब्ध गराईएको आयोजक चुजाठाटी महिला समुहकी अध्यक्ष निर्मला पौडेलले जानकारी दिनुभयो ।

चुजाठाटी महिला समुहकी अध्यक्ष निर्मला पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

माण्डवी अनलाइन

प्रतिक्रिया दिनुहोस्