logo

  • २३ कार्तिक २०८३, आईतवार | Sun, 08 Nov 2026

  •      Listen Radio Live

    प्यूठानमा गाई काटेको आरोपमा तीन जना प्रहरी नियन्त्रणमा

    प्यूठानमा गाई काटेको आरोपमा तीन जना प्रहरी नियन्त्रणमा

    प्यूठानमा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका छन्। स्वर्गद्वारी नगरपालिका–३ देउरालीमा गाई काटेको भन्ने गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय प्यूठानअन्तर्गत इलाका प्रहरी कार्यालय भिंगृबाट प्रहरी निरीक्षक सुजनबाबु विश्वकर्माको कमाण्डमा खटिएको नौ सदस्यीय प्रहरी टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो।

    प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका–३ देउराली बस्ने ५३ वर्षीय मोहन विक, सोही वडाको भिंगृ बस्ने ४१ वर्षीय कृष्णबहादुर नेपाली र ३९ वर्षीय कासीराम नेपालीले मोहन विकको घरबाट करिब एक सय मिटर टाढा रहेको खोलामा गाई काटेको भन्ने सूचना प्राप्त भएको थियो।

    घटनास्थलबाट संकलित नमुना परीक्षणका लागि पठाउने तयारी गरिएको छ। परीक्षणको नतिजा आएपछि घटनाबारे थप तथ्य खुल्ने जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

    प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।



    mandavionline mandavionline    
  • २१ कार्तिक २०८३ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP